खाद्यले खसी बोका भित्र्यायो

२०७१ आश्विन १३ गते, सोमबार

काठमाडौं , १३ असोज । नेपाल खाद्य संस्थानका प्रवक्ता नवराज उपाध्यायले काठमाडौंमा आइतबार साँझसम्म २ सय खसीबोका ल्याइसकिएको र अरु आउने क्रममा रहेको जानकारी दिएका छन् ।संस्थानले उपत्यकाबाहिरका जिल्लाबाट खरिद गरी काठमाण्डुमा ल्याएर जिउँदो २० किलोसम्म ४ सय ६, ३० किलोसम्म ४ सय १८ र सो भन्दा माथि ४ सय २५ मूल्य निर्धारण गरेको छ । थापाथलीस्थित संस्थानको गोदामबाट सोमबारदेखि बिक्री सुरु गरिने उनले बताए ।
संस्थानले विगतमा तराई तथा मध्य पहाडी जिल्लाबाट दसैँको समयमा खसीबोका खरिद गरी घटस्थापनाको ३/४ दिन अघिदेखि नै काठमाण्डु ल्याउने र मूल्य निर्धारण गरी घटस्थापनादेखि बिक्री गर्ने गरेकामा विभिन्न जिल्लामा खसीबोका खरिद गर्न नसकेका कारण यस वर्ष बिक्री ढिलो हुन गएको हो ।
संस्थानले यस वर्ष करिब तीन हजार सय खसीबोका ल्याउने भने पनि दसैँको समय नजिकिँदै गएकाले सो परिमाणमा आउने सम्भावना कम छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार