कोरोनाका कारण पानीजहाज नै क्वारेन्टाइनमा !

२०७६ माघ २८ गते, मंगलवार

काठमाडौँ, २८ माघ । जापानमा कोरोना भाइरसबाट यात्रुहरू संक्रमित भएको पाइएपछि एउटा पानीजहाज नै क्वारेन्टाइनमा राखिएको छ । डायमन्ड प्रिन्सेस क्रुजसिपमा झन्डै २५ सय यात्रु रहेको जनाइएको छ । उनीहरुलाई दैनिक ६ फिट वरपर मात्र हिँड्न दिइएको छ ।
उनीहरू बसेको तलामुनि चालक दलका सदस्यसहित एक हजार जना रहेको बताइएको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म पानी जहाजमा रहेका १३५ यात्रुमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । तीमध्ये कम्तिमा पनि २० जना अमेरिकी नागरिक हुन् । चीनको वुहानपछि एकै ठाउँमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएको ठाउँ यही पानीजहाज भएको बताइएको छ । चालक दलकै १० जना पनि संक्रमित छन् । सबैको परीक्षण गर्न नसक्दा पानीजहाजमा कति जनालाई संक्रमण छ भने यकिन नभएको जनाइएको छ । सबै यात्रुलाई जाँच्न पर्याप्त स्रोत नभएको जापानले जनाएको छ । पानीजहाज फेब्रुअरी ४ देखि दुई सातासम्म क्वारेन्टाइनका लागि ओकोहामा बन्दरगाहमा राखिएको हो ।
सोही जहाजमा काम गर्ने एक भारतीय नागरिक विनयकुमार शंकरले भाइरस सजिलै फैलन सक्ने भएकाले भाइरसले छुनुभन्दा पहिला नै आफू र अरू भारतीयलाई उद्दार गर्न भारत सरकारलाई आग्रह गरेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु