कृषि महोत्सव माघ १ देखि

२०७१ पुष ३० गते, बुधबार

काठमाडौं । कृषि तथा आन्तरिक पर्यटन प्रबद्र्धनका लागी मोरङको डाँगीहाटमा कृषि तथा वाणिज्य पर्यटन महोत्सव हुने भएको छ । उद्यमी कृषक सहकारी संस्था लिमिटेडले माघ १ गते देखि १० गते सम्म स्थानीय लक्ष्मी मार्गको खेलमैदानमा महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सव आयोजक समितिले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी दिएको छ । स्थानीय स्तरमा उत्पादित कृषि सामाग्रीको बजार प्रबद्र्धन गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने र लोपोन्मुख कला, साँस्कृतिको जर्गेनागर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको मेला आयोजक समितिका अध्यक्ष ध्रुबकुमार महतले जानकारी दिए ।

प्रतिक्रियाहरु