काली महिलालाई गोरी देखाइएपछि …..

२०७४ आश्विन ३० गते, सोमबार

काठमाडौं , २९ असोज । डभको एउटा विज्ञापनमाथि नश्लभेदको आरोप लागेको छ। डभले हालै एउटा फेसबुक विज्ञापन अभियान सुरु गरेको थियो । जसमा लोशनको उपयोग गरेर एउटी काली महिलालाई गोरी देखाइएको छ। डभ लोशन उत्पादन गर्ने कम्पनीले आफ्नो यो ‘नश्लभेदी’ विज्ञापनप्रति माफी पनि मागेको छ । ‘डभ’ लोशन यो फेसबुक विज्ञापन अभियानमा तीन तस्वीर देखाएको छ । पहिलो तस्वीरमा एक जना काली महिलालाई लोशन प्रयोग गर्दै देखाइएको छ । दोस्रो तस्वीरमा लोशनको प्रयोगपछि उक्त महिलालाई आफ्नो टीशर्ट खोल्दै गरेको देखाइएको छ।
तेस्रो तस्वीरमा एक जना गोह्रो अनुहार देखिन्छ । जुन एसियाली महिलाको हुन्छ । डभले आफ्नो ट्वीटमा भनेको छ–हामीलाई यो विज्ञापनबाट भएको अपराधप्रति निकै पश्चाताप छ।
यद्यपि अहिले डभले उक्त फेसबुक भिडियो हटाएको छ। तर, अमेरिकी मेकअप आर्टिस्ट नय मुआउनले यसलाई आफ्नो फेसबुक फलोअर्सका साथ सेयर गरेकी छन्। ‘म आफ्नो फेसबुक पेज हेरिरहेकी थिएँ, मेरो आँखा डभको यो विज्ञापनमा गयो, यदि सही हो भने म के देखिरहेकी छु’ नय मुआउले तस्वीर शेयर गर्दै क्याप्सनमा लेखेकी छन्।
सामाजिक सञ्जालमा यो विज्ञापनमाथि ठुलै बहस सुरु भएको छ। डभमाथि मानिसहरुले नश्लभेद गरेको आरोप लगाएका छन् । यद्यपि नय मुआउको पोस्टको ठिक मुनि मानिसहरुले टिप्पणी गर्दै लेखेका छन्, कि डभ ब्राण्ड यो सावित गर्ने कोशिस गरिरहेको छ कि उसको यो साबुन र लोशन कुनै पनि प्रकारको नश्लका मानिसहरु प्रयोग गर्न सक्दछन् ।
एक जना फेसबुक युजरले लेखेका छन्–मलाई लाग्छ कि उनीहरुको मतलब यो सबै प्रकारका मानिसका लागि हो –काला र गोरा लागि ।
एक जना अर्का फेसबुक युजरले लेखेका छन्–तेस्री महिला निश्चित रुपमा गोरी छैनन्, तर आफ्नो कुरा भन्नका लागि निश्चित रुपमा यो सही तरिका होइन ।
केहीले डभ ब्राण्डको नयाँ विज्ञापनलाई ब्राण्डको पुरानो विवादित विषयसँग जोड्ने कोशिस पनि गरेका छन् ।
सन् २०११ मा पनि डभमाथि नश्लभेदको आरोप लागेको थियो । त्यतिबेला डभले साबुनको प्रयोगअघि र पछि जुन महिलाको तस्वीर प्रयोग गरेको थियो, त्यसमाथि विवाद भएको थियो । त्यसमा पनि सुरुवातमा काली र अन्त्यमा गोरी महिलाको तस्वीर विज्ञापनमा देखाइएको थियो।
सन् २०१५ मा पनि डभ विवादमा परेको थियो। त्यस वर्ष डभले आफ्नो समर ग्लो क्रिममा लेखेको थियो–नर्मलदेखि काला रंग भएका सबैले यसको प्रयोग गर्न सक्नेछन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु