कार्की र क्षेत्री रिहा

२०७५ आश्विन ३० गते, मंगलवार

काठमाडौं , २९ असोज । नेपाल कम्युनिस्ट पार्टीका धनुषा इन्चार्ज काजु कार्की र धनुषाकै सेक्रेटरी अमर क्षेत्री सोमबार रिहा भएका छन् । उनीहरुलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै रिहाइको माग गर्दै कार्कीकी श्रीमती पवित्रा केसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । रिट निवेदनको सुनुवाई गर्दै माननीय न्यायधीश विषम्बरप्रसाद श्रेष्ठको एकल इजलासको आदेशमा रिहा भएका हुन् ।
दुवै नेताहरुलाई यही असोज १८ गते धनुषाबाट पार्टी कामको शिलशीलामा प्रहरीद्वारा बिनाकारण गिरफ्तार गरेको थियो । कार्की र क्षेत्रीलाई चन्दा असुली र संगठनिक अपराधको मुद्दा लगाएर हिरासतमा राखिएको थियो । उनीहरुको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी र अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए । यसैगरी सिरहाको लाहानमा पार्टी कामको ब्युरो सदस्य र जिल्ला इन्चार्जहरु बर्तबहादुर राई र यामबहादुर पनि बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै रिहा भएका छन् । उनीहरु यही असोज ४ गते प्रहरीले बिनाकारण गिरफ्तार हिरासतमा राखिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु