एन्जेलिना जोलीजस्तो बन्न खोज्दा ….

२०७४ मंसिर २६ गते, मंगलवार

काठमाडौं, २६ मंसिर । मानिसहरू आफ्नो फेभरेट स्टारजस्तो देखिनका लागि जे गर्न पनि पछि पर्दैनन् । यस्तै एउटा फ्यानको तस्वीर सार्वजनिक भएको छ । यी हुन् १९ वर्षीया युवती सहर तबार । उनी इरानमा बस्छिन् । उनी हलिउडकी प्रसिद्ध अभिनेत्री एन्जेलिनाकी फ्यान हुन् । त्यसैले उनी एन्जेलिना जोलीजस्ती देखिन चाहन्थिन् ।उनले एक अन्तर्वार्तामा आफूले डाइट कन्ट्रोल गरेर उनले तौल ४० किलो बनाएको बताएकी छिन् । उनीजस्तै देखिनका लागि सहरले अनेकौं सर्जरी गराइन् । अहिलेसम्म उनले ५० सर्जरी गराइसकिन् । कतिचोटि त उनको ज्यानै पनि जाने स्थिति आएको थियो । उनी लगातार आफ्नो इन्स्टाग्राममा सेल्फी शेयर गरिरहन्छिन् । मानिसहरू उनको अनुहारलाई कार्टून क्यारेक्टर ऋयचउकभ द्यचष्मभ जस्तो देखिन्छ भन्छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु