उद्योग वाणिज्य महासङ्घमा अध्यक्षको निर्वाचन हुने

२०७२ जेष्ठ १४ गते, बिहीबार

काठमाडौँ, १४ जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घको रिक्त अध्यक्ष पदको निर्वाचन आगामी असार १८ गते हुने भएको छ । महासङ्घ कार्यकारिणी समितिको आजको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले रोटरी क्लब इन्टरनेशनलसँगको सहकार्यमा भूकम्पबाट प्रभावित १४ जिल्लाका प्राथमिक विद्यालय भवन पुनःनिर्माण गर्न महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई संयोजनको जिम्मेवारी दिएको छ ।
महासङ्घका अनुसार विपत्को वर्तमान घडीमा आम नेपाली जनता माझ व्यावसायिक आचार संहितालाई आत्मसात् गरी सहुलियत र सुपथ मूल्यमा उपभोग्य वस्तु तथा सेवा सर्वसुलभ रुपमा उपलव्ध गराउन मुलुकभरका उद्यमी व्यवसायीमा बैठकले अपिल पनि गरेको छ ।
महासङ्घका निर्वाचित अध्यक्ष प्रदीपजङ्ग पान्डे ३१ वर्ष पुरानो भ्रष्टाचार मुद्दामा केही महिनाअघि पक्राउ परेपछि उक्त पद रिक्त थियो । हाल वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले कार्यबाहक अध्यक्षका रुपमा महासङ्घलाई नेतृत्व प्रदान गर्दै आएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार