इन्धन बोकेका एकसय बढी गाडी नेपाल भित्रिए

२०७२ आश्विन २० गते, बुधबार

काठमाडौं, २० असोज । देशभरका नाकाबाट इन्धन बोकेका एकसय बढी गाडी नेपाल भित्रिएका छन । यसैक्रममा विराटनगरको रानी भन्सार नाकाबाट मंगलबार राती ९ बजेपछि २९ वटा पेट्रोलियम पदार्थ बोकेका गाडी नेपाल प्रवेश गरेको छ । जसमा १४ वटा पेट्रोल बोकेका ट्याङ्कर, ११ वटा डिजलका ट्याङ्कर र चार वटा ग्यांस बुलेटका गाडी रहेका छन् । औद्योगिक कच्चा पदार्थ, फलफुल, तरकारी, पत्थर कोइला लगायतका ७१ वटा मालबाहक कन्टेनर पनि यो नाका भएर गएराती नेपाल प्रवेश गरेको छ ।
खाद्यान्नका गाडी भने यो नाका भएर अझै नेपाल भित्रिएको छैन । तीन दिन यता यो नाका भएर २ सय गाडी नेपाल प्रवेश गरेकोमा पेट्रोल बोकेको १८ वटा, डिजलका १६ वटा र ग्यास बुलेटका ६ वटा रहेका छन् । अझै ७१ वटा पेट्रोलियम पदार्थ बोकेको गाडी नेपाल प्रवेश गर्न लाइनमा रहेका छन् ।
यस्तै, झापाको काँकडभिट्टा भन्सारबाट मंगलबार राती ३० वटा पेट्रालियम पदार्थ बोकेका गाडीहरु नेपाल प्रवेश गरेका छन् । जसमा १५ वटा काठमाडौं ल्याइने बताइएको छ भने १५ वटा पूर्वाञ्चलमा बितरण गरिने बताइएको छ । यस्तै बाँकेको रुपैडिहा–जमुनाहा नाकाबाट पनि भारतबाट मालबाहक ट्रकहरु नेपाल भित्रने क्रम जारी छ । उता, कैलालीको गौरीफन्टा नाकाबाट मालबाहक गाडीहरु नेपाल भित्रने क्रम बुधबार पनि जारी छ । मालसामानको साथै यो नाका भएर मंगलबार राती ८ बजेसम्ममा चार वटा ट्याङकरमा १६ हजार लिटर पेट्रोल र ३६ हजार लिटर डिजल नेपाल भित्रिएको हो ।
नेपालबाट पेट्रोलको लागि २० वटा ट्याङ्कर पठाए पनि भारतले जम्मा चार वटा ट्याङकरमा मात्र तेल भरेर पठाएको छ । गौरीफन्टा नाकाबाट नेपाल भित्रिएका अन्य सामानहरुमा बिभिन्न कच्चा पदार्थ, फलफुल, तरकारी लगायतका रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार