इन्धनमा कालोबजारी गरे कारबाही

२०७२ भाद्र १० गते, बिहीबार

काठमाडौ, १० भदौ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले इन्धनको नियमित आपूर्ति भएपनि केही व्यापारीले कृत्रिम अभाव गराउन खोजेपछि अनुगमन तीव्र पारेको छ । केही निजी पम्प र डिलरले इन्धन नभएको भन्दै बिक्री रोकेपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बजार अनुमगनलाई सशक्त पारेको जनाएको छ । बजारमा आपूर्ति भैसकेको इन्धन बिक्री नगर्नेलाई ठाउँको ठाउँ कारबाही गरिने विभागका निर्देशक हरिनारायण बेल्वासेले जानकारी दिए । तराईका जिल्लामा लगातारजसो बन्द भएको भन्दै केही व्यापारीले कृत्रिम अभाव गराएपछि पहिलेको तुलनामा अहिले इन्धनको आपूर्ति असहज भएको छ । आपूर्ति नियमित भैरहेकाले अभाव नहुने नेपाल आयल निगमले जनाएको छ । सरकारले आवश्यकता भन्दा बढी इन्धन खरिद नगर्न आग्रह पनि गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार