आज बिहानै चारवटा पराकम्पन

२०७२ जेष्ठ १४ गते, बिहीबार

काठमाडौं, १४ जेठ । आज बिहानै भूकम्पको चार वटा पराकम्पन महशूस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लोपटक बिहान ५ बजेर २९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव २ म्याग्नेच्यूडको पराकम्पन गएको हो ।
त्यसअघि ५ बजेर १२ मिनेटमा काठमाडौंको दक्षिण पश्चिम केन्द्र भएर ४ म्याग्नेच्यूडको पराकम्प गएको थियो । केन्द्रबिन्दू नजिक भएकाले यो पराकम्पले काठमाडौंमा बढी धक्का दियो र ओछयानमै रहेकाहरु झस्केर उठेका थिए ।
यसअघि बिहान ३ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटमा गोरखा र धादिङ केन्द्र भएर ४ म्याग्नेच्यूडको पराकम्प गएको थियो । हिजो पनि भूकम्पको ५ वटा पराकम्प गएको थियो । पछिल्लो पटक राति १० बजेर २९ मिनेटमा रसुवा र नुवाकोट केन्द्र भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो ।
गत वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परी ८ हजार ६ सय ७६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु