आज बालाचतुदर्शी

२०७१ मंसिर ५ गते, शुक्रबार


काठमाडौ। हिन्दू धर्मावलम्बीले आफ्ना दिवंगत आफन्तको आत्माको चिरशान्तिको कामना गर्दै आज bala chaturdashiसतबीज छरेर बालाचतुर्दशी पर्व मनाउँदै छन् ।
देशभरका शिव मन्दिरहरुमा तसबिज छर्नेको बिहानैदेखि घुइँचो लागेको छ । पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा सप्तबीज छर्न देशभरबाट ठूलो संख्यामा भक्तजन आउने गर्दछन् ।
तिर्थालुहरु गएराति मृत आफन्तको नाममा दिप प्रज्वलन गरी रातभर जाग्राम बसेका थिए ।
प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात आजैका दिन सतबीज छर्नाले मृतकले जिवित अवस्थामा गरेको पाप नाश भई उनीहरुले माोक्ष प्रात गर्ने जनविश्वास रहिआएको छ ।
जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा छरेर देवीदेवताका मन्दिर परिक्रमा गर्ने गरिन्छ ।
आजका दिन एक गेडा बीज छर्दा एक तोला सुन दान गरेबराबरको पूण्य मिल्ने र दिवंगत आत्माले मुक्ति पाउने जनविश्वास छ ।
बागमती नदी किनारको मृगस्थलीमा भगवान शिव मृगरुप धारण गरेर बिहार गरेको थाहापाई शिवरुपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको किम्वदन्ती छ ।
बीज उम्रेर हरियो भएपछि मृगहरु आउँदा सो बथानमा भगवान शिवलाई पार्वतीले चिन्न सकेको किम्बदन्ती छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार