आगलागीवाट बिग बार ध्वस्त

२०७६ मंसिर २२ गते, आईतवार

काठमाडौँ , २२ मंसिर । सुनसरीको इटहरीस्थित सुर्य कम्प्लेक्समा रहेको बिग बार रेष्टुरेण्टमा आगलागी भएको छ । आगलागीवाट बिग बार ध्वस्त भएको बताइएको छ । आज बिहान १ बजे लागेको आगो साढे तीन घण्टापछि ९ वटा दमकलको सहायतामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।
विराटनगर, दमक, सप्तरी, धरानको २ वटा, दुहवी, महेन्द्रगर, सुन्दरहरैचा र इटहरीको गरि आगो निभाउन ९ वटा दमकल प्रयोग गरिएको थियो । आगलागि भएलगत्तै जुटेका स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलले तीन घण्टा लगाएर आगो निभाएका हुन् ।
चौथो तलामाथि लागेको आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको थियो । बन्द रहेको बिग बार रेष्टुरेण्टमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार