अस्पतालको लापरबाहीले इबोला फैलियो

२०७१ आश्विन २७ गते, सोमबार


काठमाडौ ।एक बरिष्ठ अमेरिकी स्वास्थ्य अधिकारीले टेक्सास राज्यमा इबोला संक्रमणबाट मर्ने व्यक्तिको उपचारमा संलग्न चिकित्सकहरुबाट स्पष्ट रुपमा गल्ती भएको बताएका छन् । जसका कारण एक जना स्वास्थ्यकर्मीमा इबोला संक्रमण भएको थियो ।इबोला संक्रमित उपचारमा संलग्न महिला स्वास्थ्यकर्मीको अवस्था अहिले स्थिर रहेको बताइएको छ। इबोला पुष्टि हुँदासम्म उनलाई एउटा अलग्गै वार्डमा राखिएको थियो ।
सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिक्वेन्स, सीडीसीका प्रमुख डा. टम फ्रिडनका अनुसार संक्रमण फैलनुको कारण छानविन हुनेछ । उनले एक अमेरिकी प्रसारणसँगको कुराकानीमा भने–स्पष्ट छ कि प्रक्रिया उल्लंघन भएको छ।
डा. फ्रिडनका अनुसार सीडीसीको छानविनको केन्द्र डायलिसिस र रेस्परेट्री इंन्युेशन प्रक्रियाका क्रममा भएको सम्भावित उल्लंघनमा हुनेछ। उनले अन्य ४८ जना माथि पनि निगरानी राखिएको बताए ।
स्वास्थ्य अधिकारीहरुका अनुसार टेक्सास हेल्थ प्रैसबायटीरियन अस्पतालमा इबोला संक्रमित थमस एरिक डंकनको उपचारका क्रममा स्वास्थ्यकर्मीले संरक्षात्मक कपडा लगाउने गरेका थिए ।
डंकन आफ्नो मुलुक लाइबेरियामा इबोलाबाट पीडित भएका थिए । उनको गएको बुधबार मृत्यु भएको थियो ।
अहिलेसम्म ८३०० भन्दा बढी इबोला संक्रमण पुष्टि र शंकास्पद व्यक्ति भेटिएका छन् । इबोलाका कारण अहिलेसम्म ४ हजार ३३ जनाको मृत्यु भइसकेको छ। अधिकांश मृत्यु पश्चिम अफ्रिकी मुलुक लाइबेरिया, सियरा लियोन र गिनीमा भएको हो ।- एजेन्सी

प्रतिक्रियाहरु