अर्को सातावाट पेट्रोल सहजै पाईने

२०७२ माघ २६ गते, मंगलवार

काठमाडौं, २६ माघ । नेपाल आयल निगमले अर्को सातावाट पेट्रोल सहजै पाईने बताएको छ । वीरगञ्ज नाका खुलेपछि इन्धन आपूर्ति सहज हुदै गएको छ । हिजोमात्र रक्सौल डिपोले झण्डै ४ लाख लिटर तेल दिएको छ । अब अर्को साताबाट नियमित रुपमा तेल बाँड्न सकिने आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । ‘एक हप्तापछि नै सबै पम्पबााट नियमित रुपमा तेल बाँड्ने योजना छ ।’ उनले भने-‘अब ८/१० दिन भित्र लटका आधारमा लाइनमा बसेर तेल भर्ने दिन सकिन्छ ।’ तर, त्यसका लागि भारतीय आयल कर्पोरशेन (आईओसी) का लागि रक्सौलसहितका डिपोले मागेअनुसार तेल दिनुपर्ने घिमिरेले बताए । ७० प्रतिशत तेल भित्रिने वीरगञ्ज नाका खुलेपछि एक हप्ताभित्रै तेल आपूर्ति पूर्ववतः रुपमा फर्काउन सकिने आयल निगमको निश्कर्ष छ ।
आयल निगमले आईओसीको रक्सौल डिपोसँग मंगलबार झण्डै १६ लाख लिटर तेल मागेको छ । हिजो मागको ५० प्रतिशत तेल दिएको रक्सौल डिपोले आज लोड बढाएर १५ लाख लिटर पुर्‍याउने निगमको विश्वास छ । अब वीरगञ्ज नाकाबाट भित्रिएको तेल मध्य तराई, काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बढी आपूर्ति गर्ने निगमको योजना छ । प्रवक्ता घिमिरेका अनुसार एकहप्तासम्म आएको तेलले डिपोहरुमा रित्तिएको ट्यांकहरु भरिनेछ । यो बीचमा लट अनुसार निजी सिवारीलाई तेल वितरण पनि जारी पनि राख्ने निगमले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार