अमरगढीस्थित बागबजारमा भीषण आगलागी

२०७५ पुष २३ गते, सोमबार

काठमाडौं, २३ पुस । डडेल्धुरा सदरमुकाममा गएराति भिषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिका–५ को बागबजारस्थित बगरकोटमा गएराति आगलागी हुँदा ९ वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।यसअघि पनि बागबजारमा पटकपटक आगलागी भएको थियो । लगातार आगलागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् । गएराति लागेको आगो अमरगढी नगरपालिकाको दमक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
यसैबीच आगलागीको घटनामा संलग्न रहेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेका व्यक्तिले आफ्नो कसुर स्वीकार गरिरहेको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । उनका बारेमा थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार