अखिल क्रान्तिकारीद्वारा संघर्षको उदघोष

२०७५ बैशाख १० गते, सोमबार

काठमाडौं, १० बैशाख । अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले नेपालमा नयाँ शिक्षा प्रणाली स्थापनाको माग गर्दै , शैक्षिक समस्याहरुको पहिचान गरी तत्काल सुधार गर्न आग्रह गरेका छन । अखिल क्रान्तिकारीद्वारा आज आयोजित ‘वर्तमान शिक्षाका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो माग गरेका हुन् । उनले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न संगठन अग्रसर भएको बताउदै बिगतमा सरकार र निजि विद्यालयले गरेको उधारो सम्झौतालाई कार्यान्वन गरेरै छोड्ने ठोकुवा समेत गरे । उनले शैक्षिक सुधारको लागि आन्दोलनको कार्यक्रम सार्बजनिक गर्ने र भोलिदेखि नै संघर्ष थाल्ने उदघोष समेत गरे ।
अन्तरक्रिया कार्यक्रममा रातो खबर प्रकासनका निर्देशक गुणराज लोहनीले ‘वर्तमान शिक्षाका समस्या र समाधान’ बिषयको कार्यपत्र प्रस्तुत गर्दै राज्यसत्तामा परिर्वतनका साथै, शिक्षा प्रणालीमा आमुल परिवर्तन गनुपर्ने धारणा राखेका थिए । उनले अहिलेको पाठ्यक्रम नै बदलेर व्यावहारिक र सीपमुखी शिक्षण हुनु जरुरी रहेको समेत बताएका थिए । सो अन्तरक्रिया कार्यक्रममा बोल्दै प्राध्यापक तथा शिक्षाविद् डक्टर मनप्रसाद वाग्लेले कार्यपत्रले उठाएका समस्याहरुप्रति सहमति हुँदै यो व्यावहारिक रुपमा समाजवाद लागू नहुने भन्दै शिक्षा ढुब्यो भनें देश ढुब्छ त्यसैले विद्यार्थीले लडाई गर्नुपर्ने उल्लेख गरे । उनले धारा ३१ मा उल्लेख गरे अनुसार सबैका सन्तानलाई निःशुल्क शिक्षा हुनुपर्छ । ड्रेस, खाजा, शुल्क, किताव निःशुल्क हुनुपर्छ । निजी विद्यालय बन्द नै गर्नु पर्ने बताए । शिक्षामा बजेटको २० प्रतिशत भयो भनें निःशुल्क हुन्छ भन्दै त्यसैले बजेट बढाउने आन्दोलन गर्नु पर्ने बताए । व्यावस्थापिका, कार्यपालिका, न्यायपालिका सबै पदाधिकारीहरु जसले निजी विद्यालय खोलेमा तालाठोक्नु पर्छ । खेतान र चौधरी ग्रुपमा स्कूलहरु तालालगाउनु पर्ने उनको धारणा थियो ।
त्यसैगरी शिक्षा मन्त्रालयका सहसचिव डाक्टर हरी लम्सालले शिक्षाको अर्थराजनीतिका बारेमा मैले केही कुरा राखेको छु भन्दै शिक्षालाई बस्तुको रुपमा लिने देखिएको छ , अहिलेको शिक्षा सर्प पाल्नेको कथा जस्तो भएको बताए । उनले शिक्षाको सातौं संशोधनले विद्यालयको नामको जग्गा कम्पनीमा गयो । शिक्षा मन्त्रालयको हैसियत ब्वाँसो र पाठोको कथा जस्तो भएको बताए ।
कार्यक्रममा एन प्याब्सनका ऋतुराज सापकोटा , प्याब्सनका बिजय सम्बाहाम्फे ,नेविसंघका प्रवक्ता प्रेम जोशी , अखिल ५ औँ का अध्यक्ष धनश्याम मिश्र , अखिल छैठौका बिमल पोखरेल , नयाँ शाक्ति विद्यार्थी संगठनका श्यामबाबु गौतमलागायतले धारणा राखेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार