सुनको मुल्य ह्वात्तै घट्यो

काठमाडौं, २२ असार । साताको पहिलो दिन आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, तेजावी सुनको भाउ घटेर प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>