शेयर बजार दोहोरो अंकले घट्यो

२०७५ असार २५ गते, सोमबार

काठमाडौं, २५ असार । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १८.३३ बिन्दुले ओरालो लागेर एक हजार २०६ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.८९ बिन्दुले घटेर २५३.८४ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कूल १६७ कम्पनीको १० लाख ६५ हजार ४८६ कित्ता शेयर रु ४० करोड आठ लाख ८७ हजार २७४ मूल्यमा खरिद बिक्री भएको हो । आज दुई उपमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार समूह ०.२५ र उत्पादन समूह ७.४३ बिन्दुले बढ्दा बैंकिङ १६.५२, होटल २४.४३, विकास बैंक १७.९६, जलविद्युत् २८.२८, फाइनान्स ३.४२, बीमा १३५.३, अन्य ४.७८ र माइक्रोफाइनान्स २२.१९ बिन्दुले घटेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार