नयाँ नोटमा केरमेट गर्ने र च्यात्नेलाई कारवाही

२०७५ आश्विन २४ गते, बुधबार

काठमाडौं, २४ असोज । राष्ट्र बैकका नोट व्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले नयाँ नोटमा केरमेट गर्ने र च्यात्नेलाई कारवाही हुने बताएका छन् । न्युज २४ टेलिभिजनको नियिमति प्रस्तुती ‘छ प्रश्न’मा कुराकानीको गर्ने क्रममा नोटमा केरमेट गर्ने र च्यात्नेलाई कारवाही हुने बताएका हुन् ।
यस कार्यक्रमा दशैंको अवसरमा नयाँ नोटको प्रयोग कसरी गर्ने तथा राष्ट्र बैंकले कुन कुन बैंकबाट नयाँ नोटको सटही गरिरहेको छ, भन्ने विषयमा कुराकानी गरिएको छ । यसका साथै नयाँ नोटको सुरक्षाको बारेमा पनि कुराकानी गरिएको छ । विभागका प्रमुख निरौलाका अनुसार सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर काम भइसकेको छ । त्यसोत राष्ट्र बैंकका कर्मचारीहरु पहिले भन्दा बढी खटिरहेका प्रमुख निरौलाले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार