द्रुतमार्गको परियोजना जिम्मा कोरियन कम्पनीलाई

२०७५ आश्विन १७ गते, बुधबार

काठमाडौं, १७ असोज । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने जिम्मा कोरियन कम्पनी सुसङ इन्जिनियरिङलाई दिइएको छ । सैन्य मुख्यालयमा आयोजित कार्यक्रममा फाष्ट ट्रयाक आयोजना प्रमुख प्राध्यापक उपरथी योगेन्द्र बहादुर खाँण र सुसङ इन्जिनियरिङ कम्पनी लिमिटेडका अध्यक्ष केयुन ह्वाङले डिपिआर बनाउने सम्झौतामा भएको हो । मूल्य अभिवृद्धि कर (भ्याट) सहित १० करोड १२ लाख ७८ हजार रुपैयाँको लागतमा डिपिआर बनाउने सम्झौता भएको छ । आगामी चार कात्तिकबाट काम सुरु गरेर एक सय ५ दिनमा डिपिआर तयार गर्ने सम्झौता दुई पक्षबीच भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार