जन्मदै सात वटा दाँत !

२०७४ भाद्र २४ गते, शनिबार

काठमाण्डौ , २३ भदौ । के तपाई दाँतसहित बच्चा जन्मिएको सुन्नु भएको छ ? भर्खर एक महिना पुगेको बच्चाको मुखमा सात वटा दाँत भेटिएको छ ।
घटना भारतीय राज्य गुजरातको अहमदावालको हो । यो घटना त्यतिबेला सार्वजनिक भयो जतिबेला बच्चालाई दुध खुवाउन समस्या भयो । र, उसलाई अस्पताल लगियो । बच्चाको जाँचपछि अपरेशन गरेर सबै सात वटै दाँत निकालिएको छ। अपरेशन गर्ने डाक्टर मीन रामात्रीले बच्चाको सबै दाँत हल्लिएरहेको थियो, त्यसैले सबै निकालियो । डाक्टर रामात्रीले भने–समस्या बच्चालाई दुध खुवाउन थियो । त्यसैले बच्चालाई शिशु रोग विशेषज्ञकोमा रिफर गरियो । मैले उसको मुखमा सात वटा दाँत देखेँ । प्यारालाइटिक्स एक्सपर्टको राय लिइयो । यो जरुरी छ किनभने यदि बच्चाको हल्लिरहेको दाँत निस्कदा त्यो स्वास नलीमा पूगने सम्भवना रहन्छ । त्यो बच्चाका लागि निकै घातक हुन सक्थ्यो ।
उनले भने–भारतमा मात्र होइन, यो घटना समग्र एसियाकै पहिलो हो । मेडिकल जर्नलका अनुसार एसियामा कहिल्यै पनि जन्मदै सात वटा दाँत भएको बच्चाको जिकिर गरिएको छैन ।
डाक्टरका अनुसार बच्चाको दाँत निकालियो । उनले भने–हामीले आफ्नो प्रक्रिया सुरु ग¥यौ जसमा पहिलोपटक चार वटा दाँत निकालियो जबकि दोस्रोपटक बाँकी तीन वटा हटायौ । बेहोस बनाउने औषधिलाई नियन्त्रण गर्न दुईपटक लगाएर अपरेशन गरिएको हो ।
डाक्टरले जन्मदै बच्चा दाँतसहित जन्मिएको बताए । यद्यपि उनका आमाबाबुलाई यसबारे जानकारी थिएन । जन्मने बेला दाँत गिजाले छोपिएको थियो, जसका कारण केही दिनपछि मात्र यो कुरा थाहा भयो ।
मेडिकल साइन्सका अनुसार जन्मने बेला बच्चाको मुखमा दाँत हुनु सामान्य कुरा हो, तर आम भने होइन । डाक्टरले भने–मेडिकल साइन्सका अनुसार दाँत दुईप्रकारका हुने गर्दछन्, नेटल र नियो नेटल । जन्मने बेला रहेको दाँतलाई नेटल भनिन्छ । जबकि जन्मेपछि आउने दाँतलाई नियो नेटल भन्ने गरिन्छ । कतिपय अवस्थामा बच्चाको मुखमा एक वा दुई दाँत हुन्छन् । यद्यपि यो सामान्य हो, तर आम भने होइन ।
उनले भने–यस्ता घटनामा जुन बच्चामा नेटल वा नियो नेटल दाँत हुन्छन् तब हामी त्यसलाई निकाल्ने सल्लाह दिने गर्दछौ । किनभने त्यो निकै कोमल हुने गर्दछ र केही निल्ने क्रममा स्वास नलीमा जाने खतरा रहन्छ । साथै उनले भने कि जसरी हरेक बच्चाको दाँत नियमित रुपमा जाँच गर्नुपर्दछ, त्यसरी नै यो बच्चालाई पनि हरेक ६ महिनामा जाँच गर्नुपर्नेछ ।
चिकित्सकसँग जन्मपछि बच्चाको मुखमा कहिले दाँत आउँछ भन्ने प्रश्नमा उनले भने–दाँत त गर्भावस्थाकै क्रममा बन्न सुरु हुन्छ । उनले भने–जुन कोशिकामा दाँत बन्छ, त्यो चाँडै बनेको छ भने सम्भवतः उसको दुधको दाँत आउनेछैन ।
यद्यपि पछि उसको दाँत आउनेछ या छैन यसबारे अहिले केही भन्नु हतार हुनेछ । जसरी बच्चा बढ्दै जानेछ त्यसको पनि जाँच गरिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु