कोरियाली भाषा परीक्षा सुरु

२०७६ जेष्ठ २५ गते, शनिबार

काठमाडौं , २५ जेठ । भाषा परीक्षामार्फत दक्षिण कोरिया जाने नेपालीका लागि १० औं कोरियाली भाषा परीक्षा आजबाट सुरु भएको छ । यो वर्ष ईपीएस परीक्षाका लागि ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका थिए । यसमध्ये औद्योगिक क्षेत्रमा ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुपालनतर्फ २८ हजार ८ सय ८९ जनाले फारम भरेको ईपीएस कोरिया शाखाले जनाएको छ । कोरियाको भाषा परीक्षामा गत वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए । आज र भोलि हुने परीक्षा काठमाडौं र पोखराका विभिन्न ३२ केन्द्रमा सञ्चालन हुनेछ । शाखाले भाषा परीक्षाका लागि काठमाडौंमा २८ र पोखरामा ४ वटा केन्द्रको व्यवस्था गरेको छ ।
सन् २००८ बाट नेपाली कामदार लैजान सुरु गरेको दक्षिण कोरियाले यो वर्ष हालसम्मकै सबैभन्दा बढी १० हजार ५० नेपाली कामदार लैजाने घोषणा गरिसकेको छ । कोरियाले यसवर्ष उत्पादनतर्फ ७ हजार ५० र कृषि र पशुपालनतर्फ ३ हजार नेपाली कामदार लैजाने छ । भाषा परीक्षाको नतिजा असार १३ गते प्रकाशन गर्ने ईपीएस शाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार