आठ लाख मास्क बरामद

२०७६ चैत्र ३ गते, सोमबार

काठमाडौं, ३ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहानै छापा मारेर कालो बजारीका आठ लाख मास्क बरामद गरेको छ ।
चन्द्रागिरी नगरपालिकाको सतुंगलबाट १ सय ८० बोरामा लुकाएर राखिएका आठ लाख मास्क बरामद भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालका अनुसार कालोबजारीको सूचना पाएकाे आधारमा छापा मारिएको हो । प्रशासन र प्रहरीसहितको टोली छापा मार्न पुगेको थियो । काठमाडौं उपत्यकामा कालोबजारी बढेको सूचनाका आधारमा धमाधम छापा मार्ने क्रम बढेको छ । कोरोना भाइरसको नाममा देशभित्र कालोबजारी बढेपछि प्रशासन र प्रहरीले धमाधम छापा मार्न थालेको हो ।
उत्पादन मूल्य दुई रुपैयाँ प्रतिगोटा पर्ने मास्क सामान्यतयाः पाँच रुपैयाँका दरमा खुद्रा विक्रीवितरण हुँदै आएको थियो । तर, कोरोना भाइरसको संक्रमण विश्वभर बढेपछि साेही मास्क ५० रुपैयाँ प्रतिगोटामा विक्रीवितरण गरेर कालोबजारी हुँदै आएको छ । मास्कको कालोबजारी गरेर करोडौं कमाउने गिरोह सक्रिय भइरहेको छ । उपभोक्ताले यसबारे चासो देखाएपछि प्रशासन सक्रिय भएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार