आज भोटो जात्रा

काठमाडौं, ३० बैशाख । बर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा आज हुंदैछ । भोटो देखाउने जात्राका लागि मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पु‍र्‍याइएको छ । रथ जावलाखेल पु‍-याइएको चौथो दिन भोटो देखाउने परम्परा छ ।
मत्स्येन्द्रनाथको जिम्मामा रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो कसको हो भनी राष्ट्र प्रमुखको उपस्थितिमा देखाउने चलन रहिआएको छ । जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बोकेर बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पु¥याउने चलन छ । मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा पु‍¥याएपछि मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ । बौद्धहरुले करुणामय र सिद्धेश्वरका रुपमा पुज्ने मत्स्येन्द्रनाथको जात्रा भक्तपुरका राजा नरेन्द्रदेव र काठमाडौंका बन्धुदत्तले चलाएको भन्ने गोपाल वंशावलीमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>