अमेरिकी डलरको भाउ घट्यो

२०७६ कार्तिक २२ गते, शुक्रबार

काठमाडौँ , २२ कार्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने घटेकोजनाएको छ । राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८४ पैसा तोकेको छ । अमेरिकी डलरसहित केहि विदेशी मुद्राको भाउ घटेको छ भने ओमानी रियाल, कोरियन वन र मलेसियन रिंगिटको भाउ बढेको छ ।
त्यसैगरि साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रीदर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ
त्यसैगरी शुक्रबार ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ६६ पैसा रहेको छ भने यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९९ पैसा छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४६ पैसा बिक्रीदर २७ रुपैयाँ ६० पैसा र वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको छ । त्यसैगरी कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८९ पैसा छ भने बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ९५ पैसा रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार