संसारकै सबैभन्दा महंगो सम्बन्ध विच्छेद

२०७१ कार्तिक २७ गते, बिहीबार


काठमाडौं। अमेरिकाको एउटा अदालतले तेल व्यवसायी हेराल्ड हैमलाई पूर्व पति सु एन हैमसँग सम्बन्ध विच्छेदपछि एक अर्ब डलर गुजारा भत्ता दिन आदेश दिएको छ।यसलाई सम्भवतः इतिहासमै सबैभन्दा ठुलो सम्बन्ध विच्छेद मानिएको छ । एक अर्ब डलरसहित हैमकी पूर्व पत्नी अमेरिकाको सबैभन्दा धमी महिलाको सूचीमा सूचीकृत हुने भएकी छन् ।
हैमले सु एनसँग सन् १९८८ मा विवाह गरेका थिए । उनकी पत्नी अर्थशास्त्री तथा वकिल हुन् । उनीहरुको दुई छोरीसमेत छन् ।
ओक्लोहोमा काउन्टीका न्यायाधीशले दश हप्तासम्म सुनुवाई गरेपछि ६८ वर्षीय हैमलाई पूर्व पत्नीलाई करिब ९९.५ करोड डलर भुक्तान गर्न आदेश दिएका हुन् । यसमध्ये ३२.२७ करोड डलरको भुक्तानी यही वर्षको अन्तयसम्म गर्न र बाँकी बचेको ६६.२८ करोड डलर हरेक महिना सात लाख डलरका दरले मासिक किस्ताका रुपमा दिन भनिएको छ। अदालतले बताएअनुसारसन् २०१२ मा सम्बन्ध विच्छेदको निवेदन दिएपछि सु एन हैमलाई २.५ करोड डलर दिइसकिएको छ ।
ओक्लोहोमाको गरिब ग्रामीण परिवारमा जन्मिएका हेराल्ड हैमले आयल कम्पनी कन्टिनेन्टल रिसोर्सेसको सुरुवात सन् १९९७ मा गरेका थिए । सीइओ हैमसँग कम्पनीको ६८ प्रतिशत शेयरछ । यसको मूल्य १८अर्ब डलर हुन्छ । फोर्ब्स म्यागजिनका अनुसार हैक अमेरिकाका २४औं धनी र संसारका ७४औं सबैभन्दा धनी व्यक्ति हुन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु