महासचिव विप्लव सीलाई मधेस प्रदेशमा भव्य स्वागत

२०८१ बैशाख २५ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी मधेस प्रदेशमा भव्य स्वागत गरिएको छ । सो पार्टीको प्रदेश स्तरिय आन्तरिक प्रशिक्षणलाई सम्बोधन गर्न महासचिव विप्लव सी सोंबार साँझ मधेस प्रदेशको बर्दिवास पुगेका हुन् । मंगलबार महाेत्तरी जिल्लाको बर्दिवासमा हुने पार्टीको प्रदेश स्तरिय प्रशिक्षणका लागि महासचिव विप्लव सी बर्दिवास पुगेका हुन् । बर्दिवासमा स्थानीय जनताले खादा, माला र अविरले भव्य स्वागत गरेका छन् । पार्टीको पाँचौं पूर्ण बैठकले प्रदेश संरचना बनाएपछि देशभर प्रदेश स्तरिय प्रशिक्षण चलिरहेका छन् । भोलि हुने प्रशिक्षण कार्यक्रममा महासचिव विप्लव, स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले प्रशिक्षण दिने बताइएको छ ।
प्रशिक्षणमा प्रदेशभरका जिल्ला कमिटी सदस्यहरुको सहभागिता हुने नेकपा पर्सा जिल्ला सेक्रेटरी फिरोज सीले बताए ।

प्रतिक्रियाहरु