सुधीर बस्नेत जेल चलान

२०७३ पुष १३ गते, बुधबार

काठमाडौं, १३ पुस । वित्तीय अपराधमा दोषी ठहर भइ फरार रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले बस्नेतलाई मंगलबार राति काठमाडौंको धापासीस्थित आफ्नै घरबाट पक्राउ गरेको हो । १ अर्ब ६० करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका बस्नेतलाई पक्राउ गरिएको काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिए । उनलाई बुधबार काठमाडौं जिल्ला अदालतमा हाजिर गराएर फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतको दुईओटा फैसला र भक्तपुर जिल्ला अदालतको एक फैसला कार्यान्वयन नभएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतले ठगी मुद्दामा २०७२ चैत १६ गते २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
त्यस्तै, काठमाडौं जिल्ला अदालतले अर्को ठगीको मुद्दामा २०७३ असार ३० गते ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद फैसला गरेको थियो । भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्दामा २०७२ मंसिर ७ गते २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना तोकेको थियो । अदालतले बारम्बार दोषी ठहराए पनि बस्नेत भने वर्षौंदेखि फरार थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार