समाज

चीनले नेपाललाई लक्षित गर्दै सुरु गर्‍यो कार्गो रेल

काठमाडौं, १६ मंसिर । व्यापार सहजीकरण र प्रवर्द्धनको उद्देश्यले निजी क्षेत्रको पहलमा चीनको दक्षिण व्यापारिक सहर गोन्जाओबाट बुधबार दक्षिण एसिया अन्तर्राष्ट्रिय सार्वजनिक ढुवानी रेल सेवा सुरु भएको छ । यो सेवाबाट चीनबाट आयात हुने सामान केरुङ हुँदै नेपालको राजधानी भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ । चीनको दा सुन फा इन्टरनेशनल लजिस्टिक एवं थियान जी […]

२०७३ मंसिर १६ गते, बिहीबार

आन्दोलनको तयारीमा शेर्पा समुदाय

काठमाडौं, १५ मंसिर । वर्तमान राजनैतिक अवस्थाका विरुद्ध आन्दोलनको लागि तयारी गर्ने शेर्पा समुदायले निर्णय गरेको छ । शेर्पा प्रदेश संयूक्त संघर्ष समितिको मगलबार बसेको अकस्मीक वैठकले यस्तो निष्कर्ष निकालेको हो । नेपाल शेर्पा संघका अध्यक्ष समेत रहेका समितिका संयोजक आङ दोर्जी शेर्पा लामाको अध्यक्षतामा बसेको वैठकले ‘संविधान संशोधनमा शेर्पा प्रदेश र वर्तमान राजनैतिक अस्थीरता […]

२०७३ मंसिर १५ गते, बुधबार

‘भष्टाचार अन्त्यका लागि सबै एकजुट हुनुपर्ने ‘

काठमाडौं, १४ मंसिर । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले भष्टाचार अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । ‘नयाँ नेपाल, समृद्ध नेपाल निर्माण आन्दोलन समिति’ले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले भ्रष्टचारविरुद्ध अभियानको खाँचो रहेको बताए । मुलुकमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले कानुनी शासनका लागि प्रतिबद्धता जनाए । नेपाल बार एसोसिएसनका […]

२०७३ मंसिर १४ गते, मंगलवार

आज बालाचतुर्दशी, शिवालयहरुमा सतबिज छरिंदै

काठमाडौं,१३ मंसिर । आज बालाचतुर्दशी , दिवंगत आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै शिवालयहरुमा सत्बीज छरी मनाइँदैछ । सत्वीज छर्न आज विहानै काठमाडौंको पशुपतिनाथ क्षेत्रको श्लेषान्तक वनसहित देशभरका शिवालयहरुमा भक्तजनको ठूलो भीड लागेको छ । लाखौं भक्तजनले पाशपत क्षेत्र वरपर आफ्ना दिवंगत पितृहरुको सम्झनामा सद्बिज छरेका हुन् । हरेक वर्र्ष मंसीर कृष्ण चतुर्दशीको बिहान जौ, धान, […]

२०७३ मंसिर १३ गते, सोमबार

छवटा हुँचिल बरामद

काठमाडौं, १२ मंसिर । सुटकेसभित्र लुकाई छिपाई विदेश लैजाँदै गरेको अवस्थामा हुँचिल फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा चेक जाँचकक्षमा शरीर, झोला तथा सुटकेसभित्र दुर्लभ वन्यजन्तुको हाडछाला र लागूऔषध लुकाई छिपाई विदेश लैजाँदै गरेको अवस्थामा स्वदेशी तथा विदेशी नागरिक पक्राउ पर्ने गर्छन् । तर शनिबार भने सुरक्षा चेकजाँच कक्षमा अनौठो घटना भएको छ […]

२०७३ मंसिर १२ गते, आईतवार

जिप दुर्घटनामा सात जनाको मृत्यु, १८ जना घाइते

काठमाडौं, १२ मंसिर ।नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा डाँडाझेरी छरछरेका समन्ती बाचे, खिमबहादुर बाचे, लोकबहादुर बाचे, दीपक फाल, ४० वर्षीय जयबहादुर बाचे र किशन बाचे रहेका छन् । मृतक एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । […]

२०७३ मंसिर १२ गते, आईतवार

सुकुम्बासीका नाममा नदी किनार अतिक्रमण

काठमाडौं, ११ मंसिर । वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् । विसं २०४७ देखि सुकुम्बासीका नाममा काठमाडौं उपत्यकाका नदी किनार अतिक्रमण गर्न सुरु भएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । जनआन्दोलन २०६२/६३ पछि नदी अतिक्रमण वृद्धि भएको समितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ । […]

२०७३ मंसिर ११ गते, शनिबार

पृथ्वी राजमार्ग तनावग्रस्त

काठमाण्डौ , १० मंसिर । यातायात व्यवसायीहरुले पृथ्वी राजमार्गमा यातायात अवरुद्ध पारेका छन् । तनहुँका प्रहरी नायव उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गले कुटपिट गरेको भन्दैउनिहरुले दुई घण्टादेखि पृथ्वी राजमार्गमा यातायात अवरुद्ध पारेका हुन् । गुरुङ्गले पृथ्वी राजमार्ग समिति अन्तर्गतको ना ५ ख ४७२३ नम्बरको बस चालक सुवास कार्कीलाई कुटपिट गरेको भन्दै उनीहरुले राजमार्गको दमौली खण्ड अवरुद्ध […]

२०७३ मंसिर १० गते, शुक्रबार

न्यायिक आयोगद्वारा उजुरी आह्वान

काठमाडौ १० मंसिर । तराई मधेस र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सरोकारवालासँग उजुरी आह्वान गरेको छ । आयोगका अध्यक्ष एवं सर्वाेच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा बिहीबार सम्पन्न आयोगको बैठकले घटनासँग सम्बन्धित सरोकारवालासँग उजुरी आह्वान गर्ने निर्णय गरेको हो । आउँदो मङ्सिर […]

२०७३ मंसिर १० गते, शुक्रबार

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

काठमाडौं, १० मंसिर । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चलाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार : दिगो विकासका लागि लैगिक हिंसारहित समाज’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट शुरु भएको हो । अभियानका क्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले […]

२०७३ मंसिर १० गते, शुक्रबार