रेशम चौधरीलाई तत्काल शपथ गराउन माग
काठमाडौं, २२ चैत । राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको बैठकले कैलाली निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई तत्काल शपथग्रहण र सांसदको प्रमाणपत्रको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । बैठकले जनताबाट निर्वाचित सांसदलाई शपथग्रहण र प्रमाणपत्र नदिनु जनमतको अपमान भएको भन्दै तत्काल शपथग्रहण र प्रमाणपत्रको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । […]
२०७४ चैत्र २२ गते, बिहीबार