बिज्ञान तथा प्रबिधि

‘टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो’

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ । क्यानले विज्ञप्ति जारी गर्दै साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने विकल्प बनेकामा त्यसलाई नियमन गर्दा उपयुक्त हुन्थ्यो भन्दै सूचना र सञ्चार प्रविधिको विकासले अवसर र चुनौती […]

२०८० कार्तिक ३० गते, बिहीबार

टेलिकमद्वारा १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको छ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमूना जिल्ला कार्यक्रम तय गरेको थियो , जसअनुसार शुक्रबार टेलिकमले नमूना सेवा दिने जिल्लाको सूची सार्वजनिक गरेको हो । प्रदेश राजधानी रहेका जिल्लासहित […]

२०८० कार्तिक २५ गते, शनिबार

पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिम नेपालको मौसम सोमबारसम्म बदली हुने सम्भावना रहेको छ । आइतबार वर्षा र हिमपातको सम्भावना रहेको र सोमबार उच्च पहाडी र हिमाली […]

२०८० कार्तिक २५ गते, शनिबार

आज वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ । विभागले दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको […]

२०८० कार्तिक २३ गते, बिहीबार

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) आजदेखि लागू हुने भएको छ । प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने जनाएको छ ।गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता […]

२०८० कार्तिक २० गते, सोमबार

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाअनुसार अबको केही दिन देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहान कोसी प्रदेशलगायत देशका पहाडी […]

२०८० कार्तिक १४ गते, मंगलवार

बंगलादेशमा दक्षिण एसियाकै पहिलो पानीमुनिको सुरुङ

काठमाडौँ । दक्षिण एशियाकै पहिलो पानीमुनि निर्माण गरिएको सुरुङ सञ्चालनमा आएको छ । शनिवारबाट बंगलादेशमा पानीमुनि निर्माण गरिएको सुरुङमार्ग यातायातका लागि सञ्चलनमा ल्याइएको हो । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सुरुङमार्गको उद्घाटन गरिन् ।बंगबन्धु–शेख–मुजिबुर–रहमान सुरुङमार्गको उद्घाटन समारोहमा हसिना र चिनियाँ राजदुत याओ वेन पनि सहभागी थिए । राजधानी ढाकाबाट करिव २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको सुरुङ बंगलादेश […]

२०८० कार्तिक १३ गते, सोमबार

चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने

काठमाडौँ । चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ ।उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर सेनझोउ–१७ उडेको […]

२०८० कार्तिक १० गते, शुक्रबार

मेटाविरुद्ध मुद्दा दायर

काठमाडौँ। अमेरिकाका कोलोराडो र क्यालिफोर्निया लगायतका ३३ राज्यले मेटाविरुद्ध अदालतमा संयुक्त मुद्दा दायर गरेका छन् । इन्स्टाग्राम र फेसबुकका सुविधाहरू प्रयोग गरेर बच्चाहरूलाई आफ्नो प्लेटफर्ममा जोडिन आकर्षित गरेर कुलत लगाएको आरोप लगाउँदै मुद्दा दायर गरेका हो । फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप र मेसेन्जरको स्वामित्व रहेको मेटाले उपभोक्ता संरक्षण कानूनको उल्लङ्घन गरी बालबालिकालाई गलत रूपमा फसाएर र […]

२०८० कार्तिक ८ गते, बुधबार

आज मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परे पनि सामान्यतया मौसम सफा रहने जनाएको छ। मौसमविद् राजन लामिछानेका अनुसार आज दिउँसो देशको पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहे पनि दशैंभर मौसम सफा रहनेछ।सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा […]

२०८० कार्तिक ७ गते, मंगलवार