स्वास्थ्य / शिक्षा

विपन्न विद्यार्थीका नाममा अक्षयकोष

काठमाडौं, १७ असोज । पाल्पाली समाज युएइले जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीको शैक्षिकस्तर वृद्धि गर्नका लागि अक्षयकोष स्थापनाको लागि अभियान सञ्चालन गरेको छ । रोजगारीका लागि युएई पुगेका पाल्पालीको प्रयासमा जिल्लाका ६० वटा विद्यालयमा रु २५ हजारको दरले अक्षयकोष स्थापना गर्ने उद्देश्य बनाएर अगाडि बढेको समाजका महासचिव वेदप्रसाद अर्यालले बताउनुभयो । उहाँले पहिलो चरणमा २० […]

२०७३ आश्विन १७ गते, सोमबार

एमबिबिएस परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम असुल्ने पक्राउ

काठमाडौँ, १६ असोज । काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालक सहित दुई जना पक्राउ परेका छन् । महोत्तरी गोनरपुरा गाविस घर भई वल्र्ड वाइड कन्सल्टेन्सी पुतलीसडकका सञ्चालक दीपककुमार साह र सिन्धुली आम्बोटे गाविस घर भई सो संस्थामा कार्यरत गणेश अधिकारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ […]

२०७३ आश्विन १६ गते, आईतवार

शुल्क वृद्धि बिरुद्ध अनेरास्ववियु

काठमाडौं, १४ असोज । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिले विद्यार्थीलाई मर्का पर्ने गरी शुल्क बढाएको भन्दै अनेरास्ववियु म्याग्दीले विरोध जनाएको छ । बुधबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले स्नातक तहतर्फको चारवटै वर्षमा अध्ययनरत विद्यार्थीलाई आर्थिक भार थोपरिने गरी शुल्क वृद्धि गरेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो । सञ्चालक समितिले स्नातक तहमा मासिक शुल्क रु ६७५ […]

२०७३ आश्विन १४ गते, शुक्रबार

एसएलसी कक्षा १० र १२ मा बनाउने प्रस्ताव

काठमाडौ, १३ असोज । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षदेखि कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी ग्रेड १० र १२ को अन्तिम परीक्षालाई एसएलसी ग्रेड १२ गर्ने भएको छ। सरकारले माध्यमिक तहमा ‘एसएलसी कक्षा १०’ र ‘एसएलसी कक्षा १२’ बनाउने प्रस्ताव अगाडि सारेको खबर आजका अधिकाशं पत्रपत्रिकामा खबर छापिएको छ। जेठमा व्यवस्थापिका–संसद्बाट पारित भएको शिक्षा (आठौँ […]

२०७३ आश्विन १३ गते, बिहीबार

आज विश्व मुटु दिवस

काठमाडौ, १३ असोज । आज विश्व मुटु दिवस । दिवसको अवसरमा आज सरकारी तथा गैर सरकारी निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । विश्वमा झन्डै १ करोड ७३ लाखभन्दा बढी मानिस प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि कुल जनसंख्याको झन्डै ८ प्रतिशत मानिस कुनै न कुनै प्रकारको मुटुरोगबाट ग्रसित भएको […]

२०७३ आश्विन १३ गते, बिहीबार

सुरक्षित गर्भपतन दिवस मनाइँदै

काठमाडौँ, १२ असोज । आज सुरक्षित गर्भपतन सेवा दिवस । नेपालमा पनि २६ सेप्टेम्बर अर्थात् असोज १० का दिन मुलुकी ऐनको ११ औँ संशोधनपश्चात् गर्भपतनले कानुनी मान्यता पाएको दिनलाई स्मरण गर्दै यो दिवस मनाइन्छ । आज विभिन्न कार्यक्रम गरी नेपालमा पनि सुरक्षित गर्भपतन दिवस मनाइँदैछ । यसै अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले मङ्गलबार प्रसूतिगृहमा […]

२०७३ आश्विन १२ गते, बुधबार

‘ जारका पानी पिउन योग्य छैनन् ‘

काठमाडौँ ११ असोज । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उपनिर्देशक डा गुणनिधि शर्माले यस पटक उपत्यकामा देखिएका अधिकांश हैजा असुरक्षित पानीका कारण भएको बताएका छ । हैजा नियन्त्रण बारेमा गुठि संस्थानद्वारा आयोजित कार्यक्रममा उनले भने ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन् । […]

२०७३ आश्विन ११ गते, मंगलवार

विद्यालय कर्मचारीले दशैं खर्च पाउने

काठमाडौँ , १० असोज । सामुदायिक विद्यालयमा कर्मचारीका रुपमा कार्यरत पाले, पियन, लेखापाल, माली, लगायतका कर्मचारीले चाडपर्व खर्च शिर्षकमा रकम पाउने भएका हुन् । शिक्षा विभागले चालू आर्थिक वर्ष २०७३/७४ का लागि विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत आधारभूत र माध्यमिक तहमा कार्यरत विद्यालय कर्मचारीलाई अनुदान दिने निर्णय गरेका हो । देशभरका जिल्ला शिक्षा कार्यालयलाई निर्देशन […]

२०७३ आश्विन १० गते, सोमबार

भक्तपुर पहिलो योग जिल्ला घोषणा

काठमाडौं, १० असोज । भक्तपुर जिल्लालाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ । योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना जागृत गर्ने उद्देश्यले आज वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा गर्नुभएको हो । योग जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणासभामा मन्त्री भण्डारीले मानव जीवन र स्वास्थ्यसँग […]

२०७३ आश्विन १० गते, सोमबार

एसक्युसीको राष्ट्रिय सम्मेलन कात्तिकमा

काठमाडौँ, १० असोज । विद्यालय पाठ्यक्रममा आधारित विद्यार्थी गुणीय चक्र (एसक्युसी)को १२ औँ राष्ट्रिय सम्मेलन आगामी कात्तिकमा हुने भएको छ । आयोजक संस्था क्वेस्ट नेपालका अध्यक्ष नीरञ्जन अधिकारीले कात्तिक ५ र ६ गते भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा सम्मेलन आयोजना हुने जानकारी दिए । अध्यक्ष अधिकारीले सम्मेलनमा देशका विभिन्न जिल्लाबाट एक हजार २०० भन्दा बढी […]

२०७३ आश्विन १० गते, सोमबार