आज विश्व मुटु दिवस

२०७३ आश्विन १३ गते, बिहीबार

काठमाडौ, १३ असोज । आज विश्व मुटु दिवस । दिवसको अवसरमा आज सरकारी तथा गैर सरकारी निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । विश्वमा झन्डै १ करोड ७३ लाखभन्दा बढी मानिस प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि कुल जनसंख्याको झन्डै ८ प्रतिशत मानिस कुनै न कुनै प्रकारको मुटुरोगबाट ग्रसित भएको सरकारी तथ्याङ्क छ । विश्व मुटु महासंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम हप्ता विश्व मुटुरोग दिवस मनाउने गरिन्छ ।
सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोललगायतका कारणले मुटुरोगका बिरामीहरू बढ्ने गरेको चिकित्सकहरु बताउछन् ।
दक्षिण पुर्व एशियाका सबै ११ मुलुकमा विषाक्त हावाका कारण बर्सेनी ३ लाख ४ हजार ३ सय ६५ जनाको इस्केमिक हर्ट डिजिजले मृत्यु हुन्छ । वायु प्रदुषणका कारण लाग्ने विभिन्न रोगबाट बर्सेनी करिब ८ लाखको मृत्यु हुन्छ । विषाक्त हावाका कारण यो क्षेत्रमा सबैभन्दा बढी मुटू रोगले भारतमा बर्सेनी २ लाख ४९ हजार ३ सय ८८ जनाको मृत्यु हुने गरेको छ ।

प्रतिक्रियाहरु