स्वास्थ्य / शिक्षा

राष्ट्रिय शिक्षा आयोग गठनको तयारी

काठमाडौँ, १८ कात्तिक । शिक्षामन्त्री डीआर पौडेलले गत असोज २० गते सार्वजनिक गरेको कार्ययोजनामा सङ्घीय गणतन्त्र नेपालको संवैधानिक व्यवस्था अनुरूप शिक्षामा पुनःसंरचना गर्न र राष्ट्रिय शिक्षा नीति तय गर्न आगामी एक महिनाभित्र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको सो प्रतिबद्धता अनुसार कात्तिक २० गतेभित्र त्यस्तो आयोग गठन भइसक्नु पर्नेछ […]

२०७३ कार्तिक १८ गते, बिहीबार

डेंगुका रोगीहरु बढ्दै

काठमाडौं, १७ कात्तिक । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुको संक्रमणका रोगीहरु बढ्न थाले बताएको छ । साउन यता मात्रै देशभरी ५ सय ८५ मान्छे त्यो रोगबाटग्रसित भएको महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा भिम आचार्यका अनुसार चितवनमा मात्रै ४ सय १२ जनामा डेंगु फेला परेको छ । त्यसपछि झापामा १३९ […]

२०७३ कार्तिक १७ गते, बुधबार

प्याराग्लाइडिङ कक्षा सञ्चालन

काठमाडौँ, १५ कात्तिक । बाबु एडभेन्चर स्कूलले स्याङ्जाको स्वरेक र ब्लु स्काइ फ्लाइङ स्कुलले तनहुँको बन्दीपुरमा प्याराग्लाइडिङ पाइलट तयार गर्न कक्षा सञ्चालन गरिरहेका छन् । प्याराग्लाइडिङ उडानमा विदेशी पाइलटको भर पर्दै आएको नेपालको पर्यटन क्षेत्रले स्वदेशी पाइलट उत्पादन थालिएको हो । पाइलट उत्पादन थालेका स्कुलले अबको पाँच वर्षमा पर्याप्त जनशक्ति तयार पार्ने व्यवसायी बताउँछन् । […]

२०७३ कार्तिक १५ गते, सोमबार

गुणस्तर सुधारका लागि ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’

काठमाडौँ, १३ कात्तिक । संयुक्त राष्ट्रसङ्घको दीगो विकास लक्ष्य पूरा गर्न सरकारले सातवर्षे ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । संविधानले सुनिश्चित गरेका शिक्षाका मौलिक हकलाई प्रत्याभूत गर्न, अन्तर्राष्ट्रिय मञ्चका प्रतिवद्धताको पालना तथा विगतमा सञ्चालित विद्यालय क्षेत्र सुधार कार्यक्रमका बाँकी कार्यभार पूरा गर्न नयाँ कार्यक्रम एसएसडिपी ल्याइएको हो । शिक्षाको समग्र गुणस्तरमा केन्द्रित सो […]

२०७३ कार्तिक १३ गते, शनिबार

राजधानीमा रगत अभाव, बिरामीको बिचल्ली

काठमाडौं, १३ कात्तिक । दाङका इन्द्र गिरीका बुवा काशीरामको क्यान्सर पुष्टिपछि पित्तथैलीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भयो । थापाथलीस्थित नर्भीक अस्पतालमा भर्ना भएका काशीरामको शल्यक्रिया गर्नुअघि रगतको जोहो गर्न चिकित्सकले परिवारसँग आग्रह गरे । अस्पतालमा नपाइएपछि इन्द्र अत्तालिदैं बालकुमारीस्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसंचार केन्द्रमा पुगे । केन्द्रले रगत स्टक नभएको र रक्तदानका लागि कसैलाई खोजेर […]

२०७३ कार्तिक १३ गते, शनिबार

चीन नेपाली विद्यार्थीहरुको समस्याप्रति गम्भीर

काठमाडौं, १२ कात्तिक । चीन सरकारले आफ्नो देशबाट एमबीबीएस अध्ययन गरेर फर्केका नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्न तयार रहेको जनाएको छ । अरनिको समाजले विहीबार राजधानीमा गरेको कार्यक्रममा चीन सरकारअन्तर्गतको छात्रवृत्ति विभागका डेपुटी सेर्केटरी जनरल वाङ साङ काङले यस्तो प्रतिबद्धता जनाएका हुन् । चीनमा एमबीबीएस अध्ययन गरेर फर्केका नेपाली डाक्टरहरुलाई नेपाल मेडिकल काउन्सिलले मान्यता दिएको […]

२०७३ कार्तिक १२ गते, शुक्रबार

डेंगोको संक्रमण बढ्दै

काठमाडौ, ११ कात्तिक । झापामा डेंगीको संक्रमण बढ्दै गएको छ । हालसम्म ११५ जनामा डेंगीको संक्रमण देखिएको दमक अस्पतालले जनाएको छ ।अस्पतालमा प्लेटलेस जाँच गर्ने ल्यावको अभाव नभएकाले विरामीको उपचार प्रभावित भएको छ । संक्रमितको संख्या बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिरामीको निःशुल्क उपचार गर्न दमक अस्पताललाई सुझाव दिएको छ । पर्याप्त भौतिक पूर्वाधार र […]

२०७३ कार्तिक ११ गते, बिहीबार

फेसबुकबाटै पुस्तकालयलाई एक महिनामा एक लाख ६५ हजार सहयोग

काठमाडौ, १० कात्तिक । विद्यामन्दिर पुस्तकालय बागलुङको संस्थागत विकास अभियानमा फेसबुकका माध्यमबाट सहयोग गर्ने व्यक्तिको सङ्ख्या एक सयभन्दा बढी पुगेको छ । अभियान चलाइएको एक महिनाभित्र रु एक लाख ६५ हजार सङ्कलन भएको पुस्तकालयले जनाएको छ । सो अभियानबाट संस्थागत विकास कोष रु दश लाख पुर्‍याउने लक्ष्य रहेको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए । पुस्तकालयको […]

२०७३ कार्तिक १० गते, बुधबार

साक्षरता दर ८७ प्रतिशत पु-याइने

काठमाडौँ, ९ कात्तिक । शिक्षा मन्त्रालयले आगामी पाँच वर्षमा नेपालको साक्षरता दर ८७ प्रतिशतमा पु-याउने गरी नयाँ योजना लागू गरेको छ । सन् २०१६ देखि २०२२ सम्मका लागि तयार गरिएको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी)लाई सोमबार शिक्षामन्त्री डीआर पौडेलले स्वीकृति प्रदान गरेको छ । लागू गरिएको योजनाले आगामी पाँच वर्षमा छ वर्ष उमेर समूहको साक्षरता […]

२०७३ कार्तिक ९ गते, मंगलवार

‘डेंगुबाट सतर्क हुनु तर त्रसित नहुनु’

काठमाडौं, ९ कात्तिक । स्वास्थ्य मन्त्रालयले डेंगु प्रभावितहरुको संख्या बढ्दै गएकाले सर्तक हुन तर त्रसित भने नहुन आग्रह गरेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भिम आचार्यले आइतबार भन्दा सोमबार डेंगु प्रभावितहरुको संख्या बढेको जानकारी दिए । उनका अनुसार आईतबार ३४ जना मात्रै प्रभावित देखिएको झापामा सोमबार सम्म प्रभावितको संख्या १०० […]

२०७३ कार्तिक ९ गते, मंगलवार