अर्थ

पन्ध्र किलोमिटरको भाडा दुई सय !

काठमाडौँ । बैतडीको पाटनदेखि सलेनासम्म चल्ने सवारी साधनले मनपरी भाडा असुल्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । पाटनदेखि सलेनासम्म १५ किलोमिटरसम्मको दूरीमा प्रतियात्रु रु. २०० भाडा सार्वजनिक सवारी साधनले लिने गरेको स्थानीय सुरेन्द्र भट्टले बताए । जिप तथा बस व्यवसायीले यात्रुबाट दश गुणा बढी भाडा असुल्ने गरेको गुनासो छ । स्थानीयले दैनिक रुपमा आवतजावत […]

२०७१ चैत्र २८ गते, शनिबार

रसुवागढीमा सुक्खा बन्दरगाह बन्ने

काठमाडौँ, २७ चैत । चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण गरिनेभएको छ । छ हजार नौ सय वर्गमिटर क्षेत्रफलमा निर्माण गरिने उक्त बन्दरगाहमा एकीकृत जाँच चौकी, सामान भण्डारण गृह, ढुवानीका सवारी साधन ‘पार्किङ’ स्थल, बाढी नियन्त्रणका लागि नदी किनारका दुवैतर्फ पर्खाल निर्माण र मालसामान जाँचका निम्ति उपकरणको व्यवस्था गरिनेछ । त्यसैगरी […]

२०७१ चैत्र २७ गते, शुक्रबार

पिसाब पनि अैंइचो पैंचो !

काठमाडौँ । काठमाडौं लगायतका शहरमा बनेका सार्वजनिक शौचालयमा एक पटक पिसाब फेर्दा ५ रुपैयाँ तिर्नुपर्छ तर चितवनमा पिसाब फेर्दा उल्टो तपाईले १ रुपैयाँ पाउनु हुन्छ । चितवनको दारेचोक गाविसको कुरिन्टारमा पिसाब फेर्दा पैसा तिर्नु पर्दैन बरु तपाईले एक रुपैयाँ पाउनुहुन्छ । पिसाब फेरेबापत एक रुपैयाँ दिने अभियान दारेचोकका श्रीरेन्द्र पोखरेलले सुरु गरेका हुन् । राजमार्गको […]

२०७१ चैत्र २५ गते, बुधबार

मापसेबाट नौ लाख राजस्व सङ्कलन

काठमाडौ, २५ चैत । प्रहरीले कडा कारबाही गर्न सुरु गरे पनि मादक पदार्थ सेवन गरी गाडी चलाउनेको सङ्ख्या भने घट्न सकेको छैन । चालु आर्थिक वर्षको अहिलेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ९३४ वटा सवारीलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु नौ लाख ३५ हजार राजस्व सङ्कलन गरिएको कार्यालयका प्रमुख रमेशराज भेटवालले बताए । […]

२०७१ चैत्र २५ गते, बुधबार

काठमाडौ – ढाका सिधा बस सेवा

काठमाडौ, २२ चैत । काठमाडौं र ढाकाबीच सीधा बस सेवा सञ्चालनको पहल थालिएको छ । नेपाल -बंगलादेशका वाणिज्य सहसचिव स्तरीय प्राविधिक समितिको बैठकमा यसलाई मुख्य एजेन्डाको रुपमा राखिएको छ । हालै भारतको नयाँ दिल्ली सीधा बस सेवा सूचारु भएपनि अन्य देशसँगके यो पहिलो प्रयास हो । समितिको बैठक दुई सातापछि राजधानीमा बस्दैछ ।

२०७१ चैत्र २२ गते, आईतवार

आज सहकारी दिवस

काठमाडाैं, २० चैत । आज राष्ट्रिय सहकारी दिवस । आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइदैछ । वि.सं. २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष आजको दिन राष्ट्रिय सहकारी दिवस मनाइने गरिन्छ ।अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय ३१ […]

२०७१ चैत्र २० गते, शुक्रबार

पेट्रोलियम पदार्थको भाउ घट्यो

काठमाडौं,१९ चैत । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य लिटरमा एक रुपैयाँले घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर एक रूपैयाँले घटाएको हो ।जसअनुसार एक लिटर पेट्रोलको मूल्य १ सय ९ रुपैयाँमा झरेको छ । त्यसैगरी, प्रतिलिटर डिजेल र मटि्टतेल ८६ रुपैयाँ ५० पैसा कायम भएको […]

२०७१ चैत्र १९ गते, बिहीबार

शनिबारदेखि लोडसेडिङ घट्ने- तालिकासहित

काठमाडौं, १९ चैत । विद्युत प्राधिकरणले लोडसेडिङको समय परिवर्तन गरेको छ । नदीहरुमा पानीको जलस्तर घट्दोक्रममा रहेपनि सूर्यास्तको समय परिवर्तन भएका कारण तालिका परिवर्तन गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले दैनिक आठ घन्टादेखि ९ घन्टासम्म लोडसेडिङ हुनेगरी तालिका सार्वजनिक गरेको छ । जलस्तर कम भएपनि कुलेखानी जलाशयको पानी सञ्चिती अनुकुल रहेकाले लोडसेडिङ केही […]

२०७१ चैत्र १९ गते, बिहीबार

मोवाइल एक्स्पो चैत २७ गतेदेखि

काठमाडौँ । आगामी चैत २७ गतेदेखि ‘सामसुङ ग्यालेक्सी जे १ मोवाइल एक्स्पो २०१५’ हुने भएको छ । सिटिसि मलमा हुने सो एक्सोमा नझुक्याउने पक्का पर्ने ग्राण्ड अफरको व्यवस्थ गरिने आयोजक सिटिसी मोवाइल बजारले जानकारी दिएको छ । एक्स्पो वैशाखको पहिलो हप्ताभर चल्ने सिटिसी मोवाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए । मेलामा १ हजार रुपैयाँदेखि […]

२०७१ चैत्र १६ गते, सोमबार

चरिकोटमा तामाकोशीको सेयरवापत २८ करोड संकलन

काठमाडौ, १६ चैत । माथिल्लो तामाकोशी प्रवद्र्धक रहेको कम्पनीको सेयरमा जिल्लाबाट सञ्चय गरिरहेका सञ्चयकर्ताहरुबाट करिब रु. २८ करोडको सेयर संकलन भएको छ । निश्कासक नागरिक लगानी कोषले आवेदकनका लागि तोकेको राष्ट्रिय बाणिज्य बैंक चरिकोट शाखामा आइतबार अन्तिम दिनसम्म ती सञ्चयकर्ताहरुबाट रु. २८ करोड बराबरको सेयर संकलन भएको हो । हालसम्मको सबैभन्दा ठूलो साधारण सेयर निष्काशन […]

२०७१ चैत्र १६ गते, सोमबार