चरिकोटमा तामाकोशीको सेयरवापत २८ करोड संकलन

२०७१ चैत्र १६ गते, सोमबार

काठमाडौ, १६ चैत । माथिल्लो तामाकोशी प्रवद्र्धक रहेको कम्पनीको सेयरमा जिल्लाबाट सञ्चय गरिरहेका सञ्चयकर्ताहरुबाट करिब रु. २८ करोडको सेयर संकलन भएको छ । निश्कासक नागरिक लगानी कोषले आवेदकनका लागि तोकेको राष्ट्रिय बाणिज्य बैंक चरिकोट शाखामा आइतबार अन्तिम दिनसम्म ती सञ्चयकर्ताहरुबाट रु. २८ करोड बराबरको सेयर संकलन भएको हो ।
हालसम्मको सबैभन्दा ठूलो साधारण सेयर निष्काशन भएको सेयरमा बुधबारसम्ममा १ हजार ४ सय ११ सञ्चयकर्ताले सेयर आवेदन गरेको राष्ट्रिय बाणिज्य बैंक चरिकोट शाखाले जनाएको छ । आवेदन संकलनका लागि करिब २ हजार ६ सय फाराम वितरण भएको कार्यालयले जनाएको छ ।
फागुन ११ देखि आह्वान खुला भएको भए पनि समय अपुग भएको भन्दै नागरिक लगानी कोषले चैत १५ सम्म समय थप गरेको थियो । जिल्लामा करिब ४ हजार सञ्चयकर्ताहरु कार्यरत रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाको अनुमान रहेको छ । कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम जम्मा गरेका सञ्चयकर्ता, कम्पनीलाई ऋण दिने संस्थाका कर्मचारी तथा कम्पनी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीका लागि सेयर निष्कासन गरेको थियो । कम्पनीले ३ अर्ब ६० करोड बराबरको ३ करोड ६० लाख कित्ता संस्थागत सेयर निष्कासन गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु