मोवाइल एक्स्पो चैत २७ गतेदेखि

२०७१ चैत्र १६ गते, सोमबार

काठमाडौँ । आगामी चैत २७ गतेदेखि ‘सामसुङ ग्यालेक्सी जे १ मोवाइल एक्स्पो २०१५’ हुने भएको छ । सिटिसि मलमा हुने सो एक्सोमा नझुक्याउने पक्का पर्ने ग्राण्ड अफरको व्यवस्थ गरिने आयोजक सिटिसी मोवाइल बजारले जानकारी दिएको छ । एक्स्पो वैशाखको पहिलो हप्ताभर चल्ने सिटिसी मोवाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए । मेलामा १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म मूल्य पर्ने मोवाइल उपलब्ध हुने छन् । निशुल्क प्रवेशको ब्यवस्था गरिएको यो मोवाइल एक्स्पोमा हरेक घण्टामा क्यासब्याक अफर मार्फत ५५ प्रतिशतसम्म छुट प्रदान गरिने छ ।
त्यस्तै हरेक मोवाइल खरीदमा ८ देखि ५५ प्रतिशत छुट तथा स्क्रयाच कार्डमार्फत दिइने हरेक दिन पाँचवटा मोवाइल लक्की ड्रमार्फत वितरण गरिने बताइएको छ । एसएलसी दिएर बसेका विद्यार्थीलाई भने एक्स्पोमा प्रवेशसँगै लक्की ड्रमा समावेश गराइने आयोजकले जानकारी दिएको छ । मेलाको ३ लाख भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु