अर्थ

सरकार राज्यकोष दोहनमा लाग्यो : लेखा समिति

काठमाडौँ, १२ पुस । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा सरकारले आफुखुशी मन्त्रालय थप गरेकोमा सांसद्हरूले आवाज उठाउनुभएको छ । प्रशासन सुधार आयोगको सुझावअनुसार मन्त्रालयको सङ्ख्या घटाउनुपर्नेमा उल्टै बढाइएकोमा उहाँहरूले असन्तुष्टि व्यक्त गर्नुभयो । विभाग वा सरकारी निकायका कर्मचारीको दरबन्दी थप गर्न साङ्गठिनक संरचना मूल्याङ्कन (ओएनएम सर्भे) गर्नुपर्ने तर मन्त्रालय थप गर्दा कुनै कानुनी आधार […]

२०७२ पुष १२ गते, आईतवार

जगदम्बा इण्डस्ट्रीजमा आगलागी

काठमाडौ, १२ पुस । बाराको गढीमाई नगरपालिका–१ सिमरामा रहेको जगदम्बा इण्डस्ट्रीजमा आज बिहान आगलागी भएको छ । बिजुली सर्ट भएर बिहान पौने पाँच बजेभएको आगलागी सवा ६ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खडकाले बताए । उद्योगको जिआई वायर प्लान्टमा आगलागी भएको थियो । वीरगञ्ज तथा हेटौंडाबाट आएको वारुणयन्त्रले आगो नियन्त्रणमा […]

२०७२ पुष १२ गते, आईतवार

ठग म्यानपावरहरु ठेगान लाग्ने

काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरेर वैदेशिक रोजगारलाई मर्यादित बनाउन लागि परेको बताउँदै अव ठग्नेको दिन जाने वताएका छन् । उनले यसका लागि कानुन शाखाले काम गरिरहेको बताए । मन्त्रालयले ऐन संशोधनसँगै म्यानपावर कम्पनीलाई पनि वर्गीकरण गर्ने प्रस्ताव अघि सारिएको बताइएको छ । मन्त्रालयको तयारीअनुसार अब […]

२०७२ पुष ११ गते, शनिबार

फेरि बढ्यो लोडसेडिङ

काठमाडौँ , १० पुस । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय फेरि बढाएको छ । प्राधिकरणले शुक्रबारदेखि लागु हुने गरी दैनिक एक घण्टाका दरले बढाएर हप्तामा ७७ घण्टा लोडसेडिङ गर्ने भएको छ ।यसअघि हप्ताको ७० घण्टा लोडसेडिङ हुने गरेको थियो । सुख्खायाम लागेकाले नदीमा पानीको स्तर घट्दा उत्पादन पनि कम भएकाले लोसेडिङ बढाउनु परेको प्राधिकरणको भार […]

२०७२ पुष १० गते, शुक्रबार

मोर्चा कार्यकर्ताद्वारा भारतीय गाडीमा आगजनी

काठमाडौं , ९ पुस । मधेशी मोर्चाका कार्यकर्ताले गएराति रौतहटमा भारतीय गाडीमा आगजनी गरेका छन्। मोर्चाका कार्यकर्ताले गएराति रौतहटको नेपाल भारत सीमासँगै जोडिएको सरमझुवाको बंकुल बजार नजिक बिआर ०१ पीए ६७९८ नम्बरको भारतीय बोलेरो जिपमा आगजनी गरेका हुन्। जिपमा राखेर नेपाली बजारमा ल्याउँदै गरेको ५ सय लिटर डिजलसमेत मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर आगजानी गरेका छन्। […]

२०७२ पुष ९ गते, बिहीबार

सुन तोलाको ४८ हजार तीन रुपैयाँ

काठमाडौं , ८ पुस । नेपाल सुनचाँदी व्यावसायी महासंघले सुनको भाउ बुधबार घटेको बताएको छ । आज सुन तोलाको ४८ हजार तीन रुपैयाँमा कारोबार भइरहेको छ । यो मंगलबारको तुलनामा तोलमा दुई सय रुपैयाँले बढी हो । मंगलबार तोलको ४८ हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ […]

२०७२ पुष ८ गते, बुधबार

रसुवागढी भन्सारमा दैनिक दुई करोड रुपैंया राजश्व असुली

काठमाडौं , ९ पुस । रसुवागढी भन्सार कार्यालयले केहि दिन यता दैनिक करिब दुई करोड रुपैंयां राजश्व असुली गर्न सफल भएको छ । यस आर्थिक वर्ष ०७२/०७३ को पहिलो चौमासिकमा नौ करोड ६९ लाख ८९ हजार मात्र राजस्व संकलन गरेको कार्यालयले केरुङ नाका बाट निकासी, पैठारी बढे संगै राजश्व दैनिक दुई करोडसम्म जम्मा गर्न सफल […]

२०७२ पुष ९ गते, बिहीबार

बिश्व बजारमा कच्चा तेलको मुल्य ह्वात्तै घट्यो

काठमाडौं, ७ पुस । बिश्व बजारमा कच्चा तेलको मुल्यमा भारी गिरावट आएको छ । सन् २००४ पछि कच्चा तेलमा आएको यो पहिलो गिरावट हो । हाल तेलको मुल्य प्रति ब्यारेल ३६ दशमलव ०५ अमेरिकी डलर कायम गरिएको छ । जबकी गत जुन जुलाईमा प्रति ब्यारेल ३६ दशमलव ५६ अमेरिकी डलर कायम गरिएको थियो । गत […]

२०७२ पुष ७ गते, मंगलवार

मौसमका कारण उडान प्रभावित

काठमाडौं, ६ पुस । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडानहरु बाक्लो कुहिरो र मौसम धुम्मिएकाले प्रभावित भएका छन् । ‘विहान ६ बजेसम्म भिजिबिलिटी ५ सय मिटर पनि थिएन । विहान १०-११ नबजेसम्म उडान हुन नसक्ने देखिएको छ,’ मौसमविद मिनकुमार अर्यालले बताए । अर्यालका अनुसार हिउँदे झरी विगतका वर्षहरुको तुलनामा ढिला भएकाले पनि चिसो बढेको छ । […]

२०७२ पुष ६ गते, सोमबार

जाइका अध्यक्ष कितोका तीनदिने भ्रमणमा नेपाल आउँदै

काठमाडौ, ५ पुस । जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष सिनिची कितोका तीनदिने भ्रमणमा आज आइतबार काठमाडौ आउँदैछन् । काठमाडौस्थित जापानी दूतावासका अनुसार भूकम्प प्रभावित क्षेत्रको अवलोकन, पुर्ननिर्माणमा भइरहेको प्रगति तथा जापान र नेपालबीचको समग्र सहकार्य रणनीतिबारे छलफल गर्ने उद्देश्यले जाइका अध्यक्ष नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री […]

२०७२ पुष ५ गते, आईतवार