आन्तरिक रुटमा हवाई भाडा घट्यो

२०७२ माघ ६ गते, बुधबार

काठमाडौं, ६ माघ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि निजी विमान कम्पनीले हवाई भाडा घटाएका छन् । विमान कम्पनीले आन्तरिक रुटमा बुधबारदेखि लागु हुने गरि हवाई भाडा घटाएका हुन् । आयल निगमले सोमबार रातिदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य एक लिटरमा ६९ रुपैयाँ घटाएर एक सय ६४ रुपैयाँमा झारेको थियो । आन्तरिक विमान कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले कम्तिमा सात सय ७५ देखि बढीमा दुई हजार ६ सय ७० रुपैयाँ भाडा घटाएका हुन् ।
तर नेपालगञ्ज र पोखराबाट सञ्चालन हुने पहाडी तथा लुक्लाबाट हुने हिमाली रुटको भाडा भने नघटाइएको संघले जनाएको छ । गएको कात्तिकमा आयल निगमले हवाई इन्धनको मूल्य एक सय १५ रुपैयाँ बढाएर प्रतिलिटर दुई सय ३३ पु¥याएपछि निजी विमान कम्पनीले कम्तिमा १४ सयदेखि बढीमा चार हजार ९ सय ७० रुपैयाँसम्म भाडा बढाएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार

नेप्से शून्य दशमलव ७९ अंकले बढ्यो

२०८१ जेष्ठ ३ गते, बिहीबार