अर्थ

आगलागीवाट १८ लाख क्षति

काठमाडौं, ६ चैत । विराटनगरस्थित एक टायर पसल र टाँडीस्थित एक घरमा शुक्रबार राति आगलागी हुँदा रु १८ लाख बढीको क्षति भएको छ । विराटनगर–१४ स्थित एसलाल एन्ड सन्स पेट्रोल पम्प नजिकै रहेको मोहमद अब्बासको टायर पसलमा राति ९ः३० बजेतिर अचानक विद्युत् चुहिँदा आगलागी भई पाङ्ग्रा पसलसहित नजिकै रहेको अटो इलेक्ट्रिक पसल जलेको हो । […]

२०७२ चैत्र ६ गते, शनिबार

निजी कम्पनीलाई दिइएको ‘इन्धन आयात अनुमति’ रद्द

काठमाडौं, ५ चैत । मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले निजी कम्पनीहरुलाई दिएको पेट्रोलियम पदार्थ आयातको अनुमति रद्द गरेको छ । पेट्रोलियम आयात गर्ने अधिकार नेपाल आयल निगमलाई मात्र रहने गरी अन्य कम्पनीको अनुमति रद्द गरेको हो । बैठकपछि सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आयल निगमबाहेक अन्य कुनै पनि कम्पनीले पेट्रोलियम पदार्थ आयात र बिक्री गर्न […]

२०७२ चैत्र ५ गते, शुक्रबार

अन्तर्राष्ट्रिय व्यापार मेला सुरु हुदै

काठमाडौ, ४ चैत । आजदेखि पाँचौ नेपाल–अन्तर्राष्ट्रिय व्यापार मेला शुरु हुँदैछ । नेपाल सरकार तथा नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा भृकुटीमण्डपमा सो मेला शुरु हुन लागेको हो । व्यापार मेलामा भारत, बङ्गलादेश, पाकिस्तान तथा चीनसहित व्यापारिक प्रतिष्ठानसहितका गरी ३५० वटा स्टलहरु रहनेछ । चैत ८ गतेसम्म हुने मेलाको आकर्षणको रुपमा हस्तकला, पर्यटन, छालाको उत्पादनहरु […]

२०७२ चैत्र ४ गते, बिहीबार

आयल निगम बिरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ, ३ चैत । अनेरास्ववियुले नेपाल आयल निगम र विराट पेट्रोलियम कम्पनीकाबीच भएको सम्झौताका विषयमा छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा आज मुद्दा दायर गरेको छ । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष नविना लामाको नेतृत्वमा उक्त कार्यालय पुगेको प्रतिनिधिमण्डलले आयल निगममा भएको भ्रष्टाचार, कमिसनका विषयमा छानबिन […]

२०७२ चैत्र ३ गते, बुधबार

पाँच रुपैयाँ कप चिया ?

काठमाडौं, ३ चैत । अहिलेको बजारमा एक कप चियाको मूल्य कति पर्ला ? रु १०, १५, २० वा त्यो भन्दा बढी ? तर मोरङको कोसी हरैँचा नगरपालिका विराटचोकका लीलाप्रसाद सञ्जेलले भने त्यो भन्दा निकै कममा अर्थात पाँच रुपैयाँ कप चिया बेच्दै आउनुभएको छ । पाँच वर्षअघि सम्म एक रुपैयाँ कप चिया बेच्नुभएका सञ्जेलले सबै महँगी […]

२०७२ चैत्र ३ गते, बुधबार

चीनसँग इन्धन किनबेच सम्झाैता हुने

काठमाडौ, २ चैत । सरकारले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा बैइजिङसँग इन्धन किनबेच सम्झाैता गर्ने तयारी गरेको छ । इन्धनमा हालसम्म भारत निर्भर मुलुकले जुनसुकै देशमा जानसक्ने नीति लिएसँग चीनबाट इन्धन ल्याउने सम्झौताको तयारी भइरहेको छ । प्रधानमन्त्रीको चीन भ्रमणका बेला चीनसँग इन्धन खरिद बिक्री सम्झौताको प्रस्ताव लगिने वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले बताए […]

२०७२ चैत्र २ गते, मंगलवार

माथिल्लो कर्णालीको पीडीए सार्वजनिक

काठमाडौँ, १ चैत्र । नेपाल सरकार, लगानी बोर्डको कार्यालयले माथिल्लो कर्णाली जलविद्युत आयोजना सम्बन्धी परियोजना विकास सम्झौता (पीडीए) सम्झौतामा सार्वजनिक गर्न बाध्य भएको छ । नेपाल सरकार, लगानी बोर्डको कार्यालय, भारतीय कम्पनी जीएमआर र कर्णाली ट्रान्समिसन कम्पनीबीच २०७१ असोज ३ गते हस्ताक्षरित पीडीए लगानी बोर्डले सार्वजनिक गर्न आनाकानी गर्दैआएको थियो । माथिल्लो कर्णालीको पीडीए नेपालको […]

२०७२ चैत्र १ गते, सोमबार

नोटमा केरमेट गर्न प्रतिबन्ध

काठमाडौ, १ चैत । सर्वोच्च अदालतले नोटमा केरमेट तथा जथाभावी स्टिच नलगाउन नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले नोटमा जथाभावी स्टिच तथा केरमेट नर्गन अन्तरिम आदेश दिएको हो । अधिवक्ता अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रवीन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले यही फागुन […]

२०७२ चैत्र १ गते, सोमबार

लोडसेडिङ घटयो

काठमाडौं, ३० फागुन । नेपाल विद्युत प्राधिकरणले चैत १ गतेदेखि लागू हुने गरी लोडसेडिङ घटाएको छ । दैनिक एक घण्टाका दरले प्राधिकरणले लोडसेडिङ घटाएको हो । यसअघि दैनिक १३ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिङ गर्ने भएको छ । नदीहरुमा जलस्तर घट्ने क्रममा रहेको भए पनि भारतबाट थप विद्युत आयात भई […]

२०७२ फाल्गुन ३० गते, आईतवार

हाइटेक मेट्रो बस सञ्चालनमा

काठमाडौं, ३० फागुन । महानगर यातायात प्रालिले आजदेखि अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो सेवा सुरु गर्न लागेको छ । प्रालिले आजबाट राजधानीका सडकमा हाइटेक मेट्रो बस कुद्ने बताएको छ । प्रालिले नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो सेवा सुरु गर्न लागेको हो । हाइटेक बस सञ्चालन भएसँगै सकसपूर्ण सार्वजनिक यातायातलाई केही मात्रामा भए पनि […]

२०७२ फाल्गुन ३० गते, आईतवार