चीनसँग इन्धन किनबेच सम्झाैता हुने

२०७२ चैत्र २ गते, मंगलवार

काठमाडौ, २ चैत । सरकारले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा बैइजिङसँग इन्धन किनबेच सम्झाैता गर्ने तयारी गरेको छ । इन्धनमा हालसम्म भारत निर्भर मुलुकले जुनसुकै देशमा जानसक्ने नीति लिएसँग चीनबाट इन्धन ल्याउने सम्झौताको तयारी भइरहेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका बेला चीनसँग इन्धन खरिद बिक्री सम्झौताको प्रस्ताव लगिने वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले बताए । मुलुकमा खपत हुने एक तिहाइ हिस्सामा भारतको बिकल्प खोज्ने निर्णय सरकारले गरेको छ ।
प्रधानमन्त्रीको भ्रमणमा इन्धनभण्डारण स्थल बनाउन पनि चीससँग सहयोग मागिने छ । तीन ठाउँमा भण्डारण बनाउन करिब १५ अर्ब रुपैया सहयोग गर्न चीनलाई प्रस्ताव गरिने आपूर्तिमन्त्रालयका प्रवक्ता दीपक सुबेदीले बताए ।

प्रतिक्रियाहरु