लोडसेडिङ घटयो

२०७२ फाल्गुन ३० गते, आईतवार

काठमाडौं, ३० फागुन । नेपाल विद्युत प्राधिकरणले चैत १ गतेदेखि लागू हुने गरी लोडसेडिङ घटाएको छ । दैनिक एक घण्टाका दरले प्राधिकरणले लोडसेडिङ घटाएको हो । यसअघि दैनिक १३ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिङ गर्ने भएको छ ।
नदीहरुमा जलस्तर घट्ने क्रममा रहेको भए पनि भारतबाट थप विद्युत आयात भई सप्लाइ स्थिर रहेको भन्दै प्राधिकरणले लोडसेडिङ कटौती गरेको हो । त्यसैगरी निकट भविष्यमा संचालन हुन गइरहेको प्रवेशिका परीक्षालाई समेत मध्यनजर गर्दै साविकमा हुँदै आएको लोडसेडिङमा केही कटौती गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु