अन्तर्राष्ट्रिय व्यापार मेला सुरु हुदै

२०७२ चैत्र ४ गते, बिहीबार

काठमाडौ, ४ चैत । आजदेखि पाँचौ नेपाल–अन्तर्राष्ट्रिय व्यापार मेला शुरु हुँदैछ । नेपाल सरकार तथा नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा भृकुटीमण्डपमा सो मेला शुरु हुन लागेको हो । व्यापार मेलामा भारत, बङ्गलादेश, पाकिस्तान तथा चीनसहित व्यापारिक प्रतिष्ठानसहितका गरी ३५० वटा स्टलहरु रहनेछ । चैत ८ गतेसम्म हुने मेलाको आकर्षणको रुपमा हस्तकला, पर्यटन, छालाको उत्पादनहरु रहनेछन् । कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले मेलाले नेपाली वस्तुको प्रवद्र्धन तथा व्यापार बढाउन सहयोग हुने बताए ।

प्रतिक्रियाहरु