अर्थ

‘कानुनी अस्पष्ता’ को फाइदा उठाउँदै पूर्वकर्मचारी

काठमाडौं, ११ असोज । विभिन्न आयोजनामा परामर्शदाताका रुपमा कार्यरत सरकारका पूर्वकर्मचारीले ‘कानुनी अस्पष्ता’ को फाइदा उठाउँदै राज्यकोषबाट दोहोरो सुविधा लिइरहेको खुलेको छ । कानुनी व्यवस्था स्पष्ट नभएको मौकामा मुलुकभर कार्यरत हजारभन्दा बढी यस्ता परामर्शदाताले पेन्सन र तलब दुवै लिँदा बर्सेनि राज्यको करिब ४० करोड रुपैयाँ खेर गइरहेको छ । मासिक पेन्सन ३० हजार र दसैंभत्तासमेत […]

२०७३ आश्विन ११ गते, मंगलवार

फर्जी बिल बनाएर रु ४० लाख ठगी !

काठमाडौंँ , १० असोज । फर्जी बिल बनाएर रु ४० लाख ठगी गरेको आरोपमा नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ निवासी ३३ वर्षीय गुणराज श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विद्युत् महसुलको फर्जी बिल बनाएर उक्त रकम ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ […]

२०७३ आश्विन १० गते, सोमबार

नेवानिले ठुला जहाज किन्ने

काठमाडौ, १० असोज । नेपाल वायुसेवा निगमले ठुला जहाज (वाइड बडी) खरिदका लागि अन्तर्राष्ट्रिय टेन्डर जारी गर्ने भएको छ । नेपाल वायुसेवा निगम सञ्चालक बोर्डले निगमलाई वाइड वडी खरिदका लागि टेन्डर जारी गर्न अनुमति दिएसँगै प्रक्रिया सुरु गरेको छ । आज टेण्डर आह्वान हुने बताइएको छ । निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बोर्डको बैठकले निगमलाई वाइडवडी […]

२०७३ आश्विन १० गते, सोमबार

गोरखापत्रमा न्युनतम पारिश्रमिक लागु हुने

काठमाडौं, ७ असोज । सरकार नियन्त्रित एकमात्र दैनिक पत्रिका गोरखापत्रमा कार्यरत सबै श्रमजिवीहरुलाई साउन १ गतेदेखिकै न्युनतम पारिश्रमिक उपलब्ध गराइने संस्थानका सहायक महाप्रबन्धक गोपालप्रसाद भट्टराईले प्रतिवद्धता जनाएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपाल उपत्यका विशेष व्युरो समन्वय समितिको ज्ञापनपत्र बुभ्mदै गोरखापत्र संस्थानका सहायक महाप्रबन्धक भट्टराईले महाप्रबन्धक शुशिल कोइराला पनि यसमा सकारात्मक रहेको आफूले बताएको जनाए […]

२०७३ आश्विन ७ गते, शुक्रबार

नेपालको विकासप्रति नर्वेको चासो

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सेनले आज सिंहदरबारमा भेटवार्ता गर्नुभयो । भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपालले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक विकासका लागि द्रुत गतिमा काम गरिरहेको जानकारी दिँदै नेपालको विकास प्रयासमा नर्वे सरकारबाट प्राप्त सहयोगको सराहना गर्नुभयो । नेपालले सात दशक लामो सङ्घर्षबाट प्रगतिशील संविधान […]

२०७३ आश्विन ६ गते, बिहीबार

४ लाख भन्दा बढी प्रभावितहरुसँग अनुदान सम्झौता

काठमाडौ, ६ असोज । राष्ट्रिय पुननिर्माण प्राधिकरणले साढे ४ लाख भन्दा बढी प्रभावितहरुसँग अनुदान सम्झौता भएको र पहिलो किस्ताको रकम पनि वितरणको काम भइरहेको बताएको छ । हिजोसम्म ४ लाख ५० हजार ३२ घरधनीसँग अनुदान सम्झौता भई बैंक खातामार्फत रकम भुक्तानी गर्ने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ । गलत विवरण पेश गरी, झुक्याई वा […]

२०७३ आश्विन ६ गते, बिहीबार

‘उच्च शिक्षा सुधार परियोजना’ धरापमा

काठमाडौ, ६ असोज । डेढ वर्ष अघिदेखि सुरु गर्ने सम्झौता भएको शिक्षाको झन्डै साढे ६ अर्बको ‘उच्च शिक्षा सुधार परियोजना’ धरापमा परेको छ । उच्च शिक्षा परियोजना सञ्चालन भएको झन्डै डेढ वर्षसम्म प्रगति नभएपछि बैंकले सम्झौता निलम्बन गरी विकल्प खोज्नेसम्मको चेतावनी दिएको छ। उच्च शिक्षाको सुधारका लागि विश्व बैंकबाट ६० मिलियन अमेरिकी डलर सहुलियत ऋण […]

२०७३ आश्विन ६ गते, बिहीबार

क्यासिनो नेपालका सन्चालक वाद्वालाई पक्रन निर्देशन

काठमाडौं, ४ असोज । व्यवस्थापिका संसद, सामाजिक न्याय तथा मानवअधिकार समितिले क्यासिनो नेपाल/नेपाल रिक्रिएसन सेन्टरका पूर्वकर्मचारीका उजुरीका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, होटल सोल्टी, गृह मन्त्रालय र नेपाल प्रहरीलाई छलफलका लागि समितिमा बोलाएको छ । सो विषयमा अध्यययन गर्न गठित उपसमितिले समितिसमक्ष दिएको प्रतिवेदनका आधारमा थप छलफल गरी निष्कर्षमा पुग्न ती निकायलाई बोलाउने […]

२०७३ आश्विन ४ गते, मंगलवार

दसैँको टिकट बुकिङ शुक्रबारबाट

काठमाडौँ, असोज ४ गते । दसैँ, तिहार र छठलाई लक्षित गरी राजधानीबाट सञ्चालन हुने लामो दूरीका सवारीसाधन बसको अग्रिम टिकट बुकिङ शुक्रबारबाट खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वारले नारायणघाट–मुग्लिन सडकखण्ड विस्तारका क्रममा जामको समस्या बढेपछि यस वर्ष अग्रिम टिकट बुकिङ सेवा ढिलो गरी सञ्चालन गरेको बताउनुभयो । […]

२०७३ आश्विन ४ गते, मंगलवार

पेट्रोलियम पाइपलाइन बनाउन ४ हजार घर भत्काउनुपर्ने

काठमाडौ, ३ असोज । रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि ४ हजार घर भत्काउनुपर्ने भएको छ। नेपाल आयल निगमले गरेको रक्सौल अमलेखगञ्ज पाइपलाइन विस्तृत इन्जिनियरिङ सर्भेमा यस्तो अवस्था देखिएको छ। निगमका प्रवक्ता भानु खनालले प्राविधिक अध्ययनबाट अमलेखगञ्ज पाइपलाइन र वीरगञ्ज पथलैया सडक विस्तारका लागि ४ हजार घर तथा झुपडी भत्काउनुपर्ने देखिएको बताए। सडक विभागले वीरगञ्ज […]

२०७३ आश्विन ३ गते, सोमबार