नेवानिले ठुला जहाज किन्ने

२०७३ आश्विन १० गते, सोमबार

काठमाडौ, १० असोज । नेपाल वायुसेवा निगमले ठुला जहाज (वाइड बडी) खरिदका लागि अन्तर्राष्ट्रिय टेन्डर जारी गर्ने भएको छ । नेपाल वायुसेवा निगम सञ्चालक बोर्डले निगमलाई वाइड वडी खरिदका लागि टेन्डर जारी गर्न अनुमति दिएसँगै प्रक्रिया सुरु गरेको छ । आज टेण्डर आह्वान हुने बताइएको छ ।
निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बोर्डको बैठकले निगमलाई वाइडवडी विमान खरिदका लागि टेन्डर जारी गर्न अनुमति दिएको र त्यसै अनुसार प्रक्रिया सुरु हुने बताए ।
एयरबस ३३०–२२० जहाज खरिदको लागि तेण्डर आव्हान हुनेछ । एयरबसको मध्यम लामो रेन्जको यो जहाजमा दुईवटा इन्जिन रहेका छन्। जसमा औसत २ सय ४७ सिट हुने एयरवसले उल्लेख गरेको छ। ४५ दिने टेन्डर जारी हुने र त्यसपछि पर्याप्त टेन्डर नपरेपछि मात्र १५ दिन अरु थप गर्ने प्रावधान रहेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु