अर्थ

करोडौँका उपकरण कवाडीको भाउमा

काठमाडौ, २४ भदौ । कर्मचारीको मिलोमतोमा जिल्ला अस्पताल खोटाङमा रहेको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम बिक्री गरेको पाइएको छ । अस्पतालका भण्डारण शाखा प्रमुख नायब सुब्बा मणिराम ढकाललगायत केही कर्मचारीको मिलोमतोमा ११२ थान उपकरण रु २६ हजार ५०० मा लिलाम बिक्री गरेको पाइएको हो । अस्पतालका ७२ र जनस्वास्थ्य कार्यालयका ४० प्रकारका उपकरण तथा सामग्री […]

२०७३ भाद्र २४ गते, शुक्रबार

ट्याक्सी अब मिटरमा मात्र

काठमाडौ, २४ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र र चक्रपथबाहिर २ किमीसम्म चल्ने ट्याक्सीले अनिवार्य मिटरमा यात्रु बोक्नुपर्ने व्यवस्था लागू लगाएको छ। अब ट्याक्सीचालकले चक्रपथभित्र र त्यसको २ किमी बाहिर मिटर अनुसारको भाडा मात्र यात्रुसँग लिन पाउने छन । प्रहरीले गत शनिबारदेखि यो नियम लागू गरेको हो । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश […]

२०७३ भाद्र २४ गते, शुक्रबार

आयल निगम मासिक आधा अर्ब नाफामा

काठमाडौ, २३ भदौ । नेपाल आयल निगमले यस महिनाको नाफा ५६ करोड ३८ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा पनि यहाँको भाउ नघटाइने गरेकाले निगमको नाफा उच्च रहँदै आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य करिब ४४ अमेरिकी डलर छ । स्थानीय बजारमा भाउ नघटाउँदा लामो समय […]

२०७३ भाद्र २३ गते, बिहीबार

सुनको भाउ बढ्यो

काठमाडौं, २२ भदौ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै आज नेपाली बजारमा सुनको भाउ तोलामा ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुनको भाउ तोलाको ५९ हजार १ सय रुपैयाँ तोकेको जनाएको छ । मंगलबार तोलाको ५८ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ८ सय […]

२०७३ भाद्र २२ गते, बुधबार

पेट्रोलियम पदार्थमा मूल्य घटबढ नगर्न निर्देशन

काठमाडौ, २२ भदौ । आपूर्तिमन्त्री दीपक बोहोराले दशैं, तिहार, छठ पर्व अवधिभर पेट्रोलियम पदार्थको मूल्य घटबढ नगर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । मन्त्री बोहोराले असोज एक गतेदेखि कात्तिक २१ गतेसम्म मूल्य समायोजन नगर्न निर्देशन दिएका छन् । नेपालीको मुख्य चाडपर्वका बेला अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम समायोजन गर्दा उपभोक्ता मारमा पर्ने र इन्धनको समेत अभाव […]

२०७३ भाद्र २२ गते, बुधबार

असोज १६ देखि सर्वसाधारणलाई नयाँ नोट

काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले आउँदो दसैतिहारका लागि असोज १६ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । बैंक तथा बित्तीय संस्थालाई असोज ९ देखि १४ गतेसम्म नयाँ नोट वितरण गरिने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जनाएका छन् । ती बैंक तथा बित्तीय संस्थाले पनि १६ गतेबाटै सर्वसाधारणलाई नयाँ नोट वितरण गर्नेछन् […]

२०७३ भाद्र २० गते, सोमबार

महानिर्देशक शर्माको आन्तरिक धन्दा

काठमाडौँ , १९ भदौ । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा आफ्नै सम्पत्तिको स्रोत नखुल्ने भएपछि सबै राजनीतिक दलको सदस्यता पत्र बोकेर विभिन्न शक्ति केन्द्र धाउन थालेको स्रोतले बताएको छ । विभिन्न कमाई हुने स्थानमा उच्च पदस्थ कर्मचारीको रुपमा काम गरी अबैध धन्धा गर्नेसंगको मिलिमतोमा रकम संकलन गरेका शर्मा लामो समयदेखि आन्तरिक राजस्व विभागको महानिर्देशक […]

२०७३ भाद्र १९ गते, आईतवार

पशुपतिमा पासको व्यवस्था खारेज

काठमाडौँ, १८ भदौ। तीजपर्वका अवसरमा भगवान् पशुपति मन्दिर प्रवेशका लागि प्रदान हुँदै आएको प्रवेश पासको व्यवस्था यसपल्ट खारेज गरिएको छ । आइतबार व्रत बसेका हिन्दु नारीहरू पशुपतिनाथको दर्शन गर्न बिहानैदेखि लाम बस्ने गर्छन् । मन्दिर परिसरमा स्वयम्सेवकका रूपमा महिला प्रहरीलाई मात्र प्रवेश अनुमति दिइएको छ । जयवागेश्वरी, दक्षिणामूर्ति भई उमाकुण्ड र तिलगङ्गाबाट मात्र मन्दिर प्रवेश […]

२०७३ भाद्र १८ गते, शनिबार

गौरीफन्टालाई अन्तर्राष्ट्रियस्तरको नाका बनाउन माग

काठमाडौं, १७ भदौ । सुदुरपश्चिमाञ्चल क्षेत्रका उद्योगी, व्यवसायी, राजनीतिक नेतृत्व, सभासदसहितको टोलीले कैलालीको गौरीफण्टास्थित नेपाल–भारत सीमा नाकालाई अन्तर्राष्ट्रियस्तरको नाका बनाउन माग गरेका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी उनीहरुले यस्तो माग राखेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले गौरीफन्टा नाकामा क्वारेन्टाइन चेकजाँच, रेलमार्ग, सडक संजालसहित अन्तर्राष्ट्रिय मापदण्डको भन्सार कार्यालय स्थापना गर्न […]

२०७३ भाद्र १७ गते, शुक्रबार

ग्यासको मूल्य घट्यो

काठमाडौ, १७ भदौ । नेपाल आयल निगमले चाडबाडलाई लक्षित गरेर ग्यासको मूल्य घटाएको छ । आजदेखि र १ हजार ३ सय ७५ रुपैयाँबाट ५० रुपैयाँ घटेपछि अब उपभोक्ताले १ हजार ३ सय २५ रुपैयाँमा ग्यास पाउने छन । केही दिनअघि आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि ग्यासमा ५० रुपैयाँ मूल्य घटाउन निर्देशन दिएको […]

२०७३ भाद्र १७ गते, शुक्रबार