अर्थ

खाद्य संस्थान तीनहजार खसी बोका भित्र्याउदै

काठमाडौँ, २८ भदौ । नेपाल खाद्य संस्थानले यस वर्षको दसैँका लागि करिब तीन हजार खसी बोका ल्याउने भएको छ । प्रत्येक वर्ष दसैँमा सर्वसाधारणलाई सहुलियत मूल्यमा मासु उपलब्ध गराउने उद्देश्यले स्वदेश तथा विदेशका विभिन्न स्थानबाट संस्थानले खसी बोका ल्याउने गर्दछ । मुस्ताङबाट एक हजार ५०० च्याङ्ग्रा तथा भारतका विभिन्न ठाउँबाट सोही सङ्ख्यामा खसी बोका ल्याउन […]

२०७३ भाद्र २८ गते, मंगलवार

बढी भाडा लिने सवारीको भाडा फिर्ता गराइयो

काठमाडौँ, २७ भदौ । स्थानीय प्रशासनले बढी भाडा लिइ नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेका ३५ वटा माइक्रोबसबाट प्रत्येक यात्रुलाई रु १०० फिर्ता दिलाएर आज गन्तव्यतर्फ पठाएको छ । भरतपुरको आँपटारीमा आज बिहानैबाट जाँच गर्दा काठमाडौँका लागि प्रतिव्यक्ति सामान्य सवारी साधनमा रु २७९ र डिलक्समा २० प्रतिशत थप गरी लिन पाउनेमा ती माइक्रोबसले प्रतिव्यक्ति रु ४५० असुल […]

२०७३ भाद्र २७ गते, सोमबार

अलैंची प्रतिमन ६० हजार मात्र !

काठमाडौ, २७ भदौ । अलैंचीको मूल्यमा भारी गिरावट आएपछि पूर्वी नेपालका कृषक चिन्तित बनेका छन् । २ वर्षअघि प्रतिमन १ लाख २० हजार रुपैयाँ बिक्री भएको अलैंची अहिले भने ६० हजारमा झरेपछि कृषक चिन्तित बनेका हुन् । अलैंची निकालेर बिक्री गर्ने सिजनको सुरुवातमै मूल्य नपाएको कृषकहरुको भनाइ छ । अलैंचीमा धुँवाजन्य पुल्ठो लगाउने, पानी हाल्ने, […]

२०७३ भाद्र २७ गते, सोमबार

नयाँ जहाज किन्न सरकार जमानी बस्ने

काठमाडौ, २७ भदौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुई थान ‘बाइड बडी’ जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँका लागि सरकार जमानी बस्न तयार भएको छ । यो परिमाण बराबरको रकम निगमले कर्मचारी सञ्चय कोष र कर्मचारी लगानी कोषसँग ऋण स्वरुप लिने तयारी तीब्र गतिले अगाडि बढाइरहेको छ। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आइतबार […]

२०७३ भाद्र २७ गते, सोमबार

ओर्टेगा बिश्वका सबैभन्दा धनी ब्यक्ति

काठमाडौं, २६ भदौ। जारा फेसन हाउसका संस्थापक अमानसियो ओर्टेगा बिश्वका सबैभन्दा धनी ब्यक्ति बन्न सफल भएका छन् । ओर्टेगा माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै बिश्वको एक नम्बर धनी ब्यक्ति बन्न सफल भएका हुन् । फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सूचीमा स्पेनका ओर्टेगासँग ७९ दशमलव ५ अर्व अमेरिकी डलर बराबरको सम्पत्ति छ । जबकि बिल गेट्ससँग […]

२०७३ भाद्र २६ गते, आईतवार

जोखिममा रहेका बालबालिकालाई लक्षित गरी अक्षय कोष स्थापना

काठमाडौं, २५ भदौ । काभ्रेपलाञ्चोकमा जोखिममा रहेका बालबालिकालाई लक्षित गरेर रु एक करोड ६ लाख ५० हजार बराबरको अक्षय कोष स्थापना भएको छ । जिल्लाको पुरानोगाँउ, मेथिनकोट, पात्लेखेत, गैरीबिसौना देउपुर, उग्रचण्डीनाला, भिमखोरी, श्यामपाटीलगायत ३५ गाविसमा रु तीन लाखदेखि रु पाँच लाखसम्मको अक्षयकोष विभिन्न विद्यालयमा स्थापना भएको जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकले जनाएको छ । यसको उद्देश्य […]

२०७३ भाद्र २५ गते, शनिबार

त्रिवेणी फिड इन्ड्रस्टिजमा आगलागी

काठमाडौ, २५ भदौ । वीरगन्ज–पथलैया सडकखण्डको छातापिपरस्थित त्रिवेणी फिड इन्ड्रस्टिजमा आज बिहान भएको आगलागीमा रु एक करोड मूल्यको धनमाल जलेर नोक्सान भएको छ । विद्युत्को तार सर्ट भई भएको आगलागीमा परी उद्योगमा रहेका उपकरण जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बिहान ५ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण गर्न वीरगन्ज तथा बाराको कलैयाबाट आएका वारुणयन्त्रले […]

२०७३ भाद्र २५ गते, शनिबार

कोरिया र इजरायल निःशुल्क कामदार पठाउन आइएलओको प्रस्ताव

काठमाडौं, २४ भदौ । दुई देशका सरकारबीचको सम्झौताको आधारमा रोजगारीका लागि जाने कामदारको हकमा पनि निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था लागू हुनुपर्ने प्रस्ताव अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले गरेको छ । स्वीट्जरल्यान्डको जेनेभामा गत भदौ २० देखि २२ गतेसम्म बसेको कामदारको स्वच्छ भर्ती प्रक्रियाको सिद्धान्त र सन्चालन निर्देशिकासम्बन्धी विशेषज्ञहरुको त्रिपक्षीय बैठकमा आइएलओले सरकार र निजी क्षेत्र […]

२०७३ भाद्र २४ गते, शुक्रबार

करोडौँका उपकरण कवाडीको भाउमा

काठमाडौ, २४ भदौ । कर्मचारीको मिलोमतोमा जिल्ला अस्पताल खोटाङमा रहेको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम बिक्री गरेको पाइएको छ । अस्पतालका भण्डारण शाखा प्रमुख नायब सुब्बा मणिराम ढकाललगायत केही कर्मचारीको मिलोमतोमा ११२ थान उपकरण रु २६ हजार ५०० मा लिलाम बिक्री गरेको पाइएको हो । अस्पतालका ७२ र जनस्वास्थ्य कार्यालयका ४० प्रकारका उपकरण तथा सामग्री […]

२०७३ भाद्र २४ गते, शुक्रबार

ट्याक्सी अब मिटरमा मात्र

काठमाडौ, २४ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र र चक्रपथबाहिर २ किमीसम्म चल्ने ट्याक्सीले अनिवार्य मिटरमा यात्रु बोक्नुपर्ने व्यवस्था लागू लगाएको छ। अब ट्याक्सीचालकले चक्रपथभित्र र त्यसको २ किमी बाहिर मिटर अनुसारको भाडा मात्र यात्रुसँग लिन पाउने छन । प्रहरीले गत शनिबारदेखि यो नियम लागू गरेको हो । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश […]

२०७३ भाद्र २४ गते, शुक्रबार