अर्थ

लागूऔषध कारोवारमा पूर्व प्रहरी

काठमाडौं, १९ पुस । पूर्व प्रहरी हवल्दार विमला थापा लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा पक्राउमा परेकी छन् । थापालाई लागूऔषध नियन्त्रण ब्युरोले २९ एम्पुल, ४४ फेनारगन र ३९ डाइजेपामसहित थापालाई पक्राउ गरेको हो। थापाले भारतवाट लागूऔषध ल्याएर विक्री गर्दै आएको खुलासा भएको प्रहरीले जनाएको छ। थापासँगै कारोवारमा संलग्न भारतीय नागरिक बिक्की कुमार सिंह र सञ्जिव […]

२०७३ पुष १९ गते, मंगलवार

भारतबाट आएको बिजुली काठमाडौंमा

काठमाडौं, पुस १८ । भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारणलाइन मंगलबारदेखि सन्चालनमा आउने भएको छ । हेटौंडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन सहज हुने भएको छ । आयोजना प्रमुख केदार सिलवालले मकवानपुर जिल्लाको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौंको मातातीर्थसम्मको प्रसारणलाइन […]

२०७३ पुष १८ गते, सोमबार

‘प्लटिङको जग्गा किन्ने अप्ठ्यारोमा पर्न सक्छन् ’

काठमाडौं, १८ पुस । स्वीकृति नलिई जग्गा खण्डीकरण (प्लटिङ) गरेको पाइएमा कारबाही गरिने काठमाडौं उपत्यका विकास प्राधिकरणलेजनाएको छ । जग्गा प्लटिङ गर्नुअघि स्थानीय निकायको सिफारिसमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । हालसम्म काठमाडौंमा १ सय ८०, ललितपुरमा १ सय र भक्तपुरमा १० प्लटिङले मात्र स्वीकृति लिएको प्राधिकरण विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । ‘स्वीकृतिबिना […]

२०७३ पुष १८ गते, सोमबार

टेलिकमको फोरजी सेवा थ्रीजीकै भाउमा

काठमाडौं, १६ पुस । नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका लागि पुरानै दरमा फोरजी चलाउन दिने भएको हो । आइतबारदेखि टेलिकमले नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको छ । ‘आइतबार […]

२०७३ पुष १६ गते, शनिबार

केन्द्रीय प्रसारणलाइनमा करिब १०० मेगावाट विद्युत् जोडियो

काठमाडौं, १५ पुस । चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेकोबेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारणलाइनमा विद्युत् जोड्न थालेका छन् । ऊर्जा मन्त्रालयमा निजी प्रवद्र्धकहरुले पछिल्लोपटक गराएको जानकारीअनुसार ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाले […]

२०७३ पुष १५ गते, शुक्रबार

सार्वजनिक बिदामा पनि श्रम स्वीकृति

काठमाडौँ, १५ पुुस । वैदेशिक रोजगार विभाग श्रम कार्यालयले शुक्रबार र शनिबार सार्वजनिक बिदाका दिनमा पनि श्रम स्वीकृति दिनेभएको छ । घर बिदामा आएर पुनः श्रम स्वीकृति लिएर जाने कामदारको चापलाई ध्यानमा राखेर विभागको ताहाचलस्थित श्रम कार्यालयले सार्वजनिक बिदाका दिनमा पनि श्रम स्वीकृति दिने तयारी गरेको हो ।

२०७३ पुष १५ गते, शुक्रबार

अवैध स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याइने

काठमाडौँ, १४ पुस । सरकारले अवैध रुपमा सञ्चालन भएका निजी स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू गरेको छ । मन्त्रालयले अनुगमन गर्दा निजी अधिकांश स्वास्थ्य संस्था अवैध देखिएपछि मन्त्रालयले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका संशोधनसहित जारी गर्दै उनीहरुलाई कानुनी दायरामा ल्याएको हो । नयाँ निर्देशिका लागू भएपछि निजी स्वास्थ्य क्षेत्रको […]

२०७३ पुष १४ गते, बिहीबार

सिंहदरबार भत्काउन सुझाव

काठमाडौं, १४ पुस । गतवर्षको महाभूकम्पका कारण धराशायी बनेको सिंहदरबारभित्रका मुख्य भवनसहित उपत्यकाका झन्डै दर्जन विशेष महत्त्वका सम्पदाजन्य दरबार तत्काल भत्काउन सहरी विकास मन्त्रालयले सुझाव प्रतिवेदन तयार पारेको छ । ती भवन सबलीकरण (रेट्रोफिटिङ) गर्न समेत असम्भव रहेको भन्दै भत्काउनुपर्ने सुझाव दिइएको हो । मन्त्रालयले खटाएको संरचना प्राविधिक (स्ट्रक्चरल इन्जिनियर) को समूहले दिएको सुझाव प्रतिवेदनका […]

२०७३ पुष १४ गते, बिहीबार

रासायनिक मलको अभाव हुने

काठमाडौं, १३ पुस । व्यवस्थापिका–संसदको कृषि तथा जलस्रोत समितिको आजको बैठकमा कृषिसचिव डा. सुरोज पोखरेलले मागअनुसार आपूर्ति नहुँदा यस वर्ष रासायनिक मलको अभाव हुने बताएका छन । उनले विभिन्न समस्याका कारण मागअनुसार मलको आपूर्ति बढाउन नसकेको स्वीकार्दै यो वर्ष २९ हजार ३०४ टन मल अपुग हुने बताए । उनले फागुनदेखि थप मल आपूर्ति हुने जानकारी […]

२०७३ पुष १३ गते, बुधबार

चोर पक्रिन हेलिकोप्टर चार्टर

काठमाडौं, १३ पुस । नाम्चे बजारका व्यवसायीहरुले चोर पक्राउ गर्न लाखौं खर्च गरेर हेलिकोप्टर चार्टर गरेका छन् । नाम्चे बजारमा चोरी गरेर करिब आठ घन्टाको बाटोमा पर्ने दोले पुगेका चोरलाई पक्रन स्थानीयबासीले हेलिकोप्टर भाडामा लिएर प्रहरीलाई चोर लुकेको स्थानमा पुर्‍याएका हुन् । ‘चोरी गरेका ब्यक्ति पहिचान भएपछि हामीले चोर पक्रन प्रहरीलाई हेलिकोप्टरमा राखेर लग्यौं, अन्ततः […]

२०७३ पुष १३ गते, बुधबार