आगलागीबाट सवा १४ करोड क्षति

२०७३ पुष १० गते, आईतवार

काठमाडौं, १० पुस । प्रहरीले एक साता लगाएर गरेको मुचुल्का अनुसार तेह्रथुमको सक्रान्तिबजारमा आगलागीबाट घर र धनमाल गरी १४ करोड ८ लाख रुपैयाँको क्षति भएको छ । आगलागीबाट घर, किराना, फेन्सी, कपडा पसल, सघसंस्थाका कार्यालय, होटल, ग्यारेज र सुनचाँदी पसल जल्दा यो क्षति भएको तेह्रथुमका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।
पीडितहरुलाई निजी क्षेत्रबाट राहत संकलन तथा वितरण पनि भइरहेको छ । आजसम्म दैवी प्रकोप उद्धार समितिले संचालन गरेको ‘सक्रान्तिबजार अग्नीपीडित राहत तथा पुनःस्थापना कोष’ मा करिब ४ लाख रुपैयाँ जम्मा भएको छ । जिल्लामा स्थानीय शान्ति समिति र रेडक्रसले राहत संकलन गरिरहेका छन् । पुष १ गते आगलागी हुँदा सक्रान्तिबजारका २४ घर पुर्ण रुपमा जलेका थिए भने ५ घरमा आंशिक क्षति पुगेको थियो । अन्य ३ वटा टहरा भत्काइएका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु