बस जलेको अवस्थामा फेलापर्‍यो

२०७३ पुष ११ गते, सोमबार

काठमाडौं, ११ पुस । कोहलपुर नगरपालिकादेखि तीन किलोमिटर पूर्व रोहिणी खोलानजिकै एउटा यात्रीबाहक बस जलेको अवस्थामा फेलापरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् बाँकेको रोहिणी खोलानजिकै ना५ख ३३२९ नम्बरको बस जलेर नस्ट भएको अवस्थामा सोमबार बिहान फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
आगोलागी भएको बसमा बसचालक र यात्री कोही पनि नभएकाले बसमा आगोलागी भएको हो वा गरिएको हो भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ । बसको मालिक को हो भन्नेसमेत पत्ता नलागेको कोहलपुर प्रहरीले जनाएको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु